जनयुद्ध दिवस, प्रतिवन्धित देखि सत्तारुढ नेकपा सम्म यसरी मनाए

सल्यान, १ फाल्गुन ।
जनयुद्धबाट जन्मिएका राजनीतिक पार्टीहरुले बिहीबार जनयुद्ध दिवस मनाएकाछन । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) लगायत प्रतिवन्धमा रहेको नेकपाले पनि छुटाछुटै रुपमा जनयुद्ध दिवस मनाएका हुँन ।

यसअघि पूर्व माओवादीले मात्रै मनाउने जनयुद्ध दिवस यसपटक पूर्व एमालेसहितको सहभागितामा मनाएका हुँन  । त्यस्तै प्रतिवन्धमा रहेको विप्लव नेतृत्वको नेकपा र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी लगायत जनयुद्धमा सामेल पार्टी तथा तिनमा समाहित पार्टीहरुले पनि दिवस मनाएका छन ।

सल्यानमा पनि सत्तारुढ नेकपाले विहान स्मृति दिवसका अवसरमा शुभकामना आदानप्रदान र चियान कार्यक्रम सम्पन्न गरेको छ । विहान भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु टेक बहादुर बस्नेत, प्रकाश ज्वाला लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कर्ण बहादुर बुढाथोकीले गरेका थिए ।

त्यस्तै जिल्लाभर विभिन्न स्थानमा कार्यक्रम भएका छन । यस्तै सल्यान कारागारमा पनि जनयुद्धको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ । प्रतिवन्धित नेकपाका पूर्व जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले दिउसो १ बजे सल्यान कारागारमा चियापान कार्यक्रम राखेका हुँन ।

संगठित अपराधमा दाङबाट पक्राउ परेर सल्यान सरुवा पाएका विश्व कारागारभित्रका कैदिवन्दिसंगको भाइचाराको सम्बन्ध स्थापित गर्न र जनयुद्धको सन्देश दिन कारागारमा नै दिवस भनाएका हुँन ।

तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन ।

तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सहभागी भएका हुन ।

अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित भएका छन ।
माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो ।

माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करिब १४ हजार नेपालीले ज्यान गुमाएका थिए । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस

<