बालक्लब समितिको सक्रियतामा बन्दै शैक्षिक नियमहरु

सल्यान, २९ पौष ।

सल्यानको सिद्धकुुमाख गाउपालिका स्थित निराजन मा.वि. ढोरचौरमा बालक्लव समितिको सक्रियतामा शैक्षिक नियमहरु बन्न थालेको प्रवक्ता पारश बि.सी.ले जानकारी दिएका छन् । केहि दिन अघि बनेको उक्त समिति गठनका लागि शुुरुमा कक्षागत रुपमा छनौट गरीएको र त्यसपछि उक्त छनौटमा परेकाहरुमध्येबाट पुुनः मूल समिति गठन गरी जिम्मेवारी तोकिएको प्रवक्ता पारश बि.सी.ले जानकारी दिए।

जानकारी अनुुसार समितिमा क्रमशः अध्यक्षः प्रकाश कुमार बस्नेत, उपाध्यक्षः अनिल बोहरा, सचिव मनिका बुुढाथोकी, कोषाध्यक्षः पुजा कुुमारी चलाउने, सहसचिव शुसिल डाँगी र प्रवक्तामा पारश बुुढाथोकी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्जुु लामिछाने, दिपा बोहरा, खेविका खड्का, विमला रोका, सम्झना गिरी, अनिल पुन, रविन गिरी, किरण न्यौपाने, निराजन घर्ति, मेघराज बुुढाथोकी, नविन गिरी, दिपक वि.क., दिलमाया बि.क., एमुना बुुढाथोकी, पायल थापा र सेजना थापा रहेका छन् ।

विद्यालयमा अनुशासन, सदाचार, पारस्परीक सद्भावसंगसंगै शैक्षिक स्तरमा समेत सुधार हुने उदेश्यले उक्त समिति गठन गरेको बि.सि.ले जानकारी दिए ।

क्लबले केहि नियमहरु समेत बनाएको जानकारी दिईएको छ । जस अनुुसार प्रत्येक कक्षामा एक जना केटा र एक जना केटी कक्षाको क्याप्टेन रहने, पुरै विद्यालयका लागि एक जना केटा र एक जना केटी क्याप्टेनको रुपमा रहने, सानो कक्षाको विद्यार्थीले ठूलो कक्षाको विद्यार्थीलाई बोलाउदा तपाई भनेर सम्मान गरी बोलाउने, ठूलो कक्षाको विद्यार्थीले सानो कक्षाको विद्यार्थीलाई बोलाउदा तिमि भनेर ममतापूूर्ण व्यवहार गर्ने, विद्यालयमा शिक्षक, विद्यार्थी सवै ठिक १० बजेभन्दा अगाडि नै प्रवेश गरिसक्नुुपर्ने लगायतका नियमहरु बनाएको प्रवक्ता वि.सी.ले बताए। क्लबले शैक्षिक गतिविधिसंगसंगै सामाजिक विकृति विसंगतिको न्यूनिकरण र जनचेतनामूलक क्रियाकलाप पनि गर्ने जानकारी दिइएको छ । प्राप्त जानकारी अनुुसार क्लबले आगामी शुुक्रबार बालविवाह न्यूनिकरण सम्बन्धी सडक नाटक समेत प्रदर्शन गर्ने छ ।

त्यस्तै उक्त क्लबको संरक्षकमा प्रधानाध्यापक धर्मराज घर्तिमगर र संरक्षक शिक्षकमा संगीत चन्द रहेको पनि प्रवक्ता वि.सी.ले बताए ।उक्त समितिले विद्यालयसित समन्वय गरी विभिन्न नियमहरु बनाउन थालेको र विद्यालयका शैक्षिक क्रियाकलापमा पनि सहयोग पुुग्ने भएकोले उक्त समितिलाई महत्वपूूर्ण रुपमा लिइएको प्रधानाध्यापक धर्मराज घर्तिले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस