सल्यानमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

सल्यान २९, पुस ।


सल्यानमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ढोरचौरबाट श्रीनगर तर्फ आउदैँ गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० बर्षिय बिरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक भण्डारीलाई बसले बरला बजार नजिकै ठक्कर दिएको सल्यान प्रहरीले जनाएको छ ।
गम्भीर घाईते भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल  सल्यानमा मृत्यु भएको हो । ठक्कर दिने बस तथा बसका चालक पनि प्रहरीको नियन्त्रणमा रहेको र घटनाका विषयमा छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<