श्री जनता मा. बि रागेचौरको कृषि भबनको सामाजिक परिक्षण सम्पन्न

सन्जिब शर्मा

सल्यान, २७ पुस

कुमाख गाउँपालिका सल्यानमा रहेको जनता मा. बि रागेचौरले प्राबिधिक कक्षा सन्चालनका  लागि शिक्षा मन्त्रालयमा  निबेदन पेस गरेपछी शिक्षा बिकास तथा मानव बिकास केन्द्र बाट ०७६ साल बाट पढनपाठन हुने भयपछी भबन अभाब भयपछी लागि कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालय बाट भबनका लागि प्रदेश सरकारले ५० लाख र बिधालयको आन्तरिक स्रोत तथा जनसहभागिता बाट ११ लाख ५ सय असी रुपैयाँ गरि जम्मा ६१ लाख८०हजार ५ सय असी रुपैयाँमा काम सम्पन्न भयको छ । बिधालय ब्यबस्थापन समिति अध्यक्ष लाल बहादुर रावत को उपस्थिती र शिक्षक अभिभावक संघ अध्यक्ष भद्र बहादुर बुढाको अध्यक्षतामा भयको सामाजिक परिक्षणको आय ब्यय प्रस्तुत जनता मा. बि रागेचौरका प्र. अ नोख बहादुर गोसाईले गरेका थिए ।  उक्त सामाजिक परिक्षणमा शिक्षक, अभिभावक , बिद्यार्थी, बुद्धिजीवी समाजसेवी नागरिकहरुले सहभागिता रहेको थियो भने सबै सहभागीले भबन राम्रो भयको बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस