निरन्तर उर्जाशिल बन्नुपर्छ

२०७६ पौष २८ गते

मुुलुुकको समृद्धिका लागि नागरिकहरु उर्जाशिल बन्नुुपर्छ । आफूू मात्र नभै परिवार, समाज र देशका लागि सोच्नसक्ने नागरिकहरु बढ््नुुपर्छ ।

मानिसमा जब उर्जा सकिन्छ, उ धेरै दिन बाँच्न पनि सक्दैन । यस्ता केही उदाहरणहरु छन् । जब मानिस सरकारी जागीरबाट पेन्सन वा अवकासप्राप्त हुुन्छ उस्ले आफूलाई समाजमा स्थापित गर्न कठिनाई महशुुस गरेको हुुन्छ ।

कतिपय मानिसहरु साहित्य, राजनीति र समाजसेवामा लाग्दछन्, उनीहरु केही वर्ष बढी बाँच्दछन् । तर जसले आफूलाई कुुनै पनि काममा सक्रिय बनाउन सकेनन्, उनीहरुले आफूलाई बोझको रुपमा पनि लिन थाल्दछन् ।

साथीसंगी भनेजस्तो पाउदैनन्, कुुरा सुनिदिने मान्छे खासै पाउदैनन् । हिजोसम्मको चल्तापूर्जा जीन्दगी उनीहरुलाई बोझिलो भैदिन्छ । पैंसा भएर पनि उनीहरुमा सक्रियता आउदैन ।

जब मान्छेमा जीवनप्रति नैराश्यता उत्पन्न हुुन्छ, उनीहरुको जीन्दगी आँफैमा बोझिलो बनेको हुुन्छ । लामो समय जागीर खाएर पेन्सन खाईरहेका मानिसहरु धेरै नबाँच्नुमा मानिस आफूलाई जिम्मेवारीबिहीन भएको महशुुस गरेको अनुुमान गर्न सकिन्छ ।

जब परिवार, छोराछोरी, श्रीमती र समाजप्रति नै जिम्मेवारी घट्छ, तब मानिस एक्लोपना महशुुस् गर्छ । उसले जीवनलाई सक्रिय बनाउन सक्दैन ।

जब जीवन सक्रिय बन्दैन, मानिस धेरै दिन आरामले बाँच्न सक्दैन । अहिले समाजको यथार्थता के देखिएको छ भने केह गर्नका लागि नै मानिस उर्जाशिल बनेको हुुन्छ । जिम्मेवारीले मानिस निरन्तर सक्रिय बन्छ ।

अतः जागीर मात्रै जिम्मेवारी सम्झनुुहुुदैन । जिम्मेवारी परिवार, समाज र देशको पनि लिनुुपर्छ । केही काम छैन भने समाजसेवामा लाग्न सकिन्छ ।

ज्ञान बाँड्न सके ज्ञान बाँड्ने, सिप बाँड्न सकिन्छ भने सिप बाँड्ने र त्यो पनि सकिदैन भने साहित्यतिर आफूूलाई लगाउन सकिन्छ ।

जबसम्म मानिसमा सोच्ने शक्ति रहन्छ, तबसम्म मान्छेले कुनै न कुुनै प्रकारको ज्ञान र सन्देश समाजमा दिन सक्दछ । अतः मानिस निरन्तर उर्जाशिल भइरहनुुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

<