सल्यान, २७ कात्तिक ।
जिल्लाको बागचौर नगरपालिकाका मंसिर ५ गतेसम्म सिल गरिएको छ ।
नगरपालिका क्षेत्रमा विशिष्ट लक्षण सहितका कोरोना भाइरस संक्रमित देखा परेको भन्दै बिहिबार देखि मंसिर ५ गतेसम्म सिल गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका सहित वडा नं. २ को थारमारे बजार, बागचौर बजार, जिउला, खरिबोट बजार, शिक्षण संस्थाहरु, सरकारी तथा नीजि कार्यालयहरु, वित्तिय संस्थाहरु सिल गरिएको बागचौर नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । सूचनामा पुर्वमा शारदा खोला, पश्चिममा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै लस्तम अग्ला टाकुरा, उत्तरमा पाण्डल खोलाको टाट्के जाने बाटोको पुल र दक्षिणमा ठिनवाङ्ग खोला पुलसम्मको क्षेत्र सिल गरिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस