समाजबादी बार्टी, नेपालको सल्यान जिल्ला “एकता तथा समायोजन भेला” सम्पन्न

सल्यान, २६ भाद्र ।
समाजबादी बार्टी, नेपालको सल्यान जिल्ला “एकता तथा समायोजन भेला” बुधबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ ।

समाजबादी पार्टी, नेपालका प्रदेश कमिटी सदस्य श्री तिलक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा केन्द्रीय सदस्य श्री रणबहादुर रम्तेल र प्रदेश कमिटीका सचिव श्री अम्मर ओली, विशिष्ट अतिथिका रुपमा उपस्थित भई भेलाको लागि निर्देशन मन्तव्य र संयोजन गर्नु भएको थियो ।

उक्त भेलाले सल्यान जिल्लामा समाजबादी पार्टीको राजनैतिक र सांगठनिक क्रियाकलापलाई अगाडि बढाउन निर्णय पारित गरेको छ ।

जिल्ला इन्चार्ज श्री पवित्र राज शर्मा र सह इन्चार्ज श्री तिलक वस्नेत, अध्यक्ष श्री सन्तोष कुमार राई, उपाध्यक्ष दिपक गोसाई र चक्र बहादुर परियार, सचिव श्री बिरबहादुर बुढाथोकी, सह–सचिव श्री मिना बोहरा, कोषाध्यक्ष श्रीमती कमला वली र २४ जना सदस्य सहित ३१ सदस्यीत जिल्ला समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<