कृषि बिकाश शाखा, कुमाख द्वारा कृर्षकहरुलाई विभिन्न फलफुलका बिरुवाहरु माग गर्न अनुरोध

 संजिब शर्मा,
३१ बैशाख २०७७ ।
सल्यान
कुमाख गाउँपालिका कृर्षि बिकाश शाखा सल्यान ले चालू आर्थिक बर्ष २०७६ /२०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफुल बगैँचा ब्यबस्थापन तथा बिरुवा बितरन कार्यक्रम रहेको हुँदा ७५ प्रतिशत अनुदानमा बर्षे फलफुल (सुन्तला, कागती, आँप र लिच्ची) खेती गर्न इच्छुक कृर्षक समूह, कृर्षि सहकारी र निजि फर्म बाट १५ दिनको सुचना निकालेर सो मितिभित्र दरखास्त दिन अनुरोध गरेको छ । कृर्षक समूह कृर्षि सहकारीको हकमा बैठकको निर्णय र फोटोकपि र निजि फर्महरुले फर्म दर्ताको फोटोकपि कृर्षक समूह कृर्षि सहकारीले फर्म दर्ता प्रमाणपत्र फोटोकपि र निजि फर्महरुले फर्म दर्ताको फोटोकपि र वडाकाे सिफारिस सहित कृर्षि बिकाश शाखा वा वडा कार्यालमा गई सूचना निकालेको १५ दिनभित्र निबेदन दिन कृर्षि बिकाश शाखा कुमाखकी प्रमुख गङ्गा वलिले बताएकि छ्न ।

प्रतिक्रिया दिनुहोस

<