विभेद गर्नेहरुले धर्मको वदनाम गरे भन्दै विश्व हिन्दू महासंघको भत्र्सना

पोखराः

30.01.2077

पोखराको वाटुलेचौरमा भएको जातिय विभेदप्रति ध्यानाकर्षण गर्दै विश्व हिन्दू महासंघ नेपाल कास्कीले हिन्दू धर्मका नाममा गरिने अमानवीय घटनाप्रति विरोध जनाएको छ ।

एक मानिसले अर्को मानिसलाई निषेध गर्दै भेदभाव गर्नेहरुवाटै हिन्दू धर्ममाथि प्रहार र वदनाम गरिएको जनाउँदै हिन्दू महासंघ सवै खालका विभेदको भत्र्सना गरेको छ ।
वैदिक सनातन धर्मले वसुदैव कुटुम्ववस् भनेर विश्वका सवै मानिस एउटै हुन भनेको स्मरण गराउँदै जातिय भेदभावको घटनाको निश्पक्ष छानवीन गरी दोषिमाथि कार्वाहीको माग गरिएको छ ।
महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल र महासचिव कमल पौडेलद्वारा सँयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमार्फत संस्थाले जातिय विभेद गर्नु शास्त्र विपरित कार्य भएको र कानुनको हिसाबले पनि दण्डनीय रहेको बताएको छ । ‘सनातन धर्मको मुलग्रन्थ बेद, गीता तथा उपनिषद्मा कहिँ पनि उल्लेखख नभएको जातियताको विषयलाई लिएर समाजमा अमानविय घटना घटिरहेका छन ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘यो कुसँस्कार हो । र, यस्तै कुसँस्कारका कारण सनातन धर्ममाथि प्रहार भैरहेको छ । जातिय सद्भाव खलबलिएको छ ।’

हिन्दू धर्मको नाम जोडेर एक मानिसले अर्को मानिसलाई निषेध गर्ने अमानवीय प्रवृत्तिको विरोध गरेको छ ।

0urallnews.com bata

प्रतिक्रिया दिनुहोस

<