सल्यानको एक बोर्डिङ स्कुलमा तोडफोड सहित चोरी

बैशाख २९, सल्यान । सल्यानकाे बागचाैर नगरपालिका २ बागचाैरमा रहेकाे ब्राईट रोजल्यान्ड बोर्डिङ स्कुलमा तोडफोड सहित चोरी भएको छ । आइतबार राती अज्ञात समुहले उक्त विद्यालयको लेखा शाखामा लगाएकाे ताला फाेडेर १ लाख २७ हजार बढीकाे सामान चाेरी भएकाे प्रिन्सिपल इन्द्र भण्डारीले बताए ।

तालालाइ सरियाले फाेडेर लेखा शाखा भित्र भएकाे एउटा ल्यापटप, प्रीन्ट मेसिन लगाएत विभिन्न महत्वपूर्ण कागजपत्र, कार्टेज ,माईक्रोफोन, मसीका डब्बा चाेरी भएकाे विद्यालयले जनाएकाे छ । साथै अफिसमा रहेका तिनवटा दराज र दुईवटा टेबुलमा पनि पुर्नरुपमा ताेडफाेड भएकाे छ ।

चाेरले विद्यालयकाे मुख्य अफिसमा ताला फुटाउन काेसिस गरेपनि फुटाउन नसकेर थप क्षेती हुनबाट जाेगिएकाे प्रिन्सिपल भण्डारीले बताए । काेराेना महामारीकाे बेला यस्ताे अपराधिक कार्यकाे घटना निन्दनीय भएकाे भन्दै प्याब्सन सल्यानका सचिब एवम विद्यालयका कोडिनेटर खिमराज डिसी र विद्यालयका एम .डि. रामचन्द्र केसीले दाेषि पत्ता लगाउन माग गरेका छन् । घटनामा स्थलमा इलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टोली पुगेर मुचुल्का उठाएको र घटनाकाे अनुसन्धान गरी दाेषि पत्ता लगाउने बताएकाे छ ।

lekalionline

प्रतिक्रिया दिनुहोस

<