सल्यानमा साढे १५ हजारलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बैशाख २९, २०७७ सल्यान
लकडाउनका समयमा सल्यानका स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा वितरण गर्नु पर्ने ज्येष्ठ नागरिक, एकल, अपांगता, दलित र बालपोषण भत्ता घरमै पुगेर वितरण गरिएको हो। दशवटै स्थानीय तहका १५ हजार ५४० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो।
शारदा नगरपालिकामा दुई हजार ९९५, वनगाड कुपिण्डे नगरपािलकामा तीन हजार २३, त्रिवेणी गाउँपालिका एक हजार २००, कुमाख गाउँपालिकामा दुई हजार २०० र शिद्धकुमाख गाउँपालिकामा एक हजार ९७ जनालाई वितरण गरिएको छ।
यस्तै कालीमाटी गाउँपालिकामा एक हजार ४००, छत्रेश्वरी गाउँपालिकामा एक हजार ९००, कपुरकोट गाउँपालिकामा एक हजार ४०२ र दार्मा गाउँपालिका २२३ जनालाई भत्ता वितरण गरिएको छ।
दार्मागाउँपालिका अध्यक्ष नीमबहादुर केसीले लकडाउनका कारण बैंकसम्म जाने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए। जनप्रतिनिधि र कर्मचारीहरु परिचालन गरी घरघर पुगेर भत्ता वितरण गरिएको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए।salyankhabar

प्रतिक्रिया दिनुहोस

<