सिद्धकुमाखमा राहत वितरण, यस्तो छ वडागत विवरण

चैत्र ३०, सल्यान

सिद्ध कुमाख गाउँपालिका भित्रका २७५ परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाइ रोकथाम गर्नको लागि लकडाउनको कारण दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका असहाय तथा विपन्न परिवारलाइ राहत वितरण गरिएको हो ।
राहत वितरण मापदण्ड २०७६ बमोजिम ५ हजार ८०९ केजी चामल, ४७५ केजी दाल, २७५ लिटर खानेतेल र २७५ प्याकेट नुन वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रमबाट आफ्नो दैनिकी चलाउदै आएका गरिव तथा विपन्न परिवारमा खुशी छाएको छ । नयाँ वर्षको आगमन हुदै गर्दा कोही पनि सिद्ध कुमाख गाउँबासी भोकै वस्नुपर्ने अवस्था आउन नदिन राहत वितरणलाइ प्राथमिकतामा राखिएको थियो ।

लकडाउन लम्विएमा राहत वितरणलाइ पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जनाएका छन ।
सिद्ध कुमाख गाउँपालिकाका ५ वटै वडामा वडाध्यक्ष, वडा सदस्य र स्थानीय बुद्धिजिवीको सहकार्यमा राहत वितरण गरिएको थियो ।

onlinetahalka

प्रतिक्रिया दिनुहोस

<