कोरोना राहत कोषमा खैरावाङ्ग मन्दिर र नेशनल प्याव्सनको सहयोग

चैत ३०, सल्यान

सल्यानमा कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामाग्री, खाद्यान्न र रकम सहयोग जुटिरहेको छ । दाताहरुले विपद् व्यवस्थापन समिति, र स्थानीय तह मार्फत सहयोग गर्दै आइरहका छन् ।

जिल्लाको शारदा नगरपालिकामा स्थापना गरिएको राहत कोषमा सहयोग रकम आउने क्रम बढेको छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोषमा रकम आउने क्रम बढेको हो । आइतबार नगरपालिकालाई भुवेश्वरी खैरावाङ्ग भगवति मन्दिर व्यवस्थापन समितिले एक लाख र नेशनल प्याव्सन नगर कमिटि शारदा नगरपालिकाले ३० हजार सहयोग गरेका छन् ।

नेशनल प्याब्सन केन्द्रिय सदस्य एवं ब्राइट पर्ल एकडेमी शानपा २ का सञ्चालक भीम बहादुर बुढाथोकीले १० हजार, नेशनल प्याव्सन जिल्ला अध्यक्ष एवं मित्र प्याराडाइज बोर्डिङ्ग स्कुल शा.नपा १ का सञ्चालक कमल थापाले १० हजार र नेशनल प्याव्सन जिलला सचिव एवं ज्योति पुञ्ज एकडेमी शानपा ४ का सञ्चालक संगम शाहले १० हजार राहत कोषमा सहयोग गरेका छन् ।

सहयोग बुझ्दै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले कोरोना भाइरसका कारण देशनै आक्रान्त बनी रहेको समयमा आर्थिक सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । विभिन्न दाताहरुकबाट संकलन भएको सहयोग आर्थिक रुपमा विपन्न समुदाय लक्षित गरिने समेत बताए ।

सहयोग गरिएको रकम पारदर्शी रुपमा वास्तविक पिडित समुहमा पु¥याइने बताए । एकद्धार प्रर्णालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थाहरुलाई पनि सहयोग गर्न अपिल गरे । थोरै रकम भएपनि विपद्को बेलामा सहयोग गर्न आग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस

<