एनसेलले बुझायो १४ अर्ब ३३ करोड

एनसेलले बुझायो १४ अर्ब ३३ करोड

काठमाडौँ — टेलिकम सेवा प्रदायक एनसेलले पूँजीगत लाभकरबापत् सरकारलाई १४ अर्ब ३३ करोड बुझाएको छ ।

ठूला करदाता कार्यालय प्रमुख झकलराम अधिकारीका अनुसार एनसेलले सरकारी खातामा १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ बुझाएको हो ।

योसँगै एनसेलले १२ औं पटकको बिक्रीबापत् सरकारलाई तिर्नुपर्ने पूँजीगत लाभकर चुक्ता भएको छ ।

ठूला करदाता कार्यालयले एनसेलले पूँजीगत लाभकर बापत् २४ अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो । एनसेलले तीन किस्ता गरी कर चुक्ता गरेको हो ।

ekantipur.com

प्रतिक्रिया दिनुहोस

<