बढ्दैछ धार्मिक साँस्कृतिक लहर, फर्कदैछ नागरिकहरुको मन

नेपाली संस्कृति र पर्वहरुको आफ्नै खालको महत्व छ । सांस्कृतिक हिसावले नेपाल विश्वकै धनी छ । केटाकेटी, युवायुवती र बुुढाबुढी समेतले धर्म, संस्कृति र परम्परालाई निकै माया गरेको पाईन्छ । यहाँका गीत संगीत र नृत्य पनि त्यत्तिकै महत्वपूूर्ण छन् । कोरोना महामारीका कारण करिब एक वर्षदेखि गुम्सिएर बसेका नेपालीहरु शिवरात्री पर्वसंगै खुुलेर बाहिर निस्किएका छन् । हाम्रा धार्मिक तथा प्राकृतिक सम्पदाहरु फेरी पनि सजिन थालेका छन् । देशैभर नागरिकहरु उत्साहित छन् । देशभरका शिव मन्दिर र शिव गुफाहरुको महत्व बढेको छ ।

यतिवेला शिवरात्रीकै अवसर मिलाएर सल्यानमा धार्र्मिक एबं ज्योतिष क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले जिल्लामा रहेका विभिन्न मन्दिरहरुको दर्शन र अवलोकन गरेका छन् । भ्रमण टोलिमा विश्व हिन्दुु महासंघ नेपालका केन्द्रिय सदस्य गुुमानसिंह बस्नेत, विश्वहिन्दुु महासंघ तथा ज्योतिष परिषद् सल्यानका अध्यक्ष गोविन्द शर्मा, विश्व हिन्दुु महासंघका जिल्ला सदस्यहरु माधवसिंह ठकुुरी, देब बहादुुर चन्द र त्यसैगरी जिल्लामा गुुुरु पुरोहितको रुपमा काम गर्दै आउनुुभएका रेशमराज शर्मा र कुुमार लामिछानेको सहभागीता थियो ।

दर्शन तथा अवलोकन गरिएका क्षेत्रहरुमा जिल्लाका प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा रहेका सतिदेविको बाँया करण पतन भएको विश्वास गरिने कालिमाटी गाउँपालिका १ लक्ष्मिपुरमा पर्ने लक्ष्मिपुुर शक्तिपिठ, त्रिवेणी गाउँपालिका को केन्द्रस्थल लुुहाम क्षेत्रमा रहेको त्रिवेणीधाम, छत्रेश्वरी गाउँपालिका क्षेत्रमा पर्ने शंकपार्क एबं छत्रेश्वरी मन्दिर र शारदा नगरपालिका १ श्रीनगरमा रहेको रुद्रेश्वर महादेव मन्दिर रहेका छन् । दर्शन तथा अबलोकनको उदेश्य मठमन्दिरको अवस्था, आवश्यकता र नागरिकहरुको चासोलाई ध्यान दिदै भोलिका दिनमा निर्माण गर्नुुपर्ने संरचनाहरुको पुर्व सम्भाव्यता अध्ययन नै हो । त्यस्तै स्थानीय सरकारलाई आवश्यक सुुझावहरु दिन र नागरिकहरुको मागलाई सम्बोधन गर्न उत्प्रेरित गर्नुु नै हो ।

धार्मिक क्षेत्रको भ्रमणबाट केहि निष्कर्ष पनि निस्किएको छ । मन्दिर, पार्क या गुफास्थल निर्माण गर्दैमा जिम्मेवारी सिद्धिएको ठान्नुु भूूल हो । जिम्मेवार निकाय र पक्षले निरन्तर त्यसमा ध्यान दिन जरुरी छ । जिम्मेवार निकायले मन्दिर क्षेत्रमा हुने सवै प्रकारका गतिविधि नजिकबाट बुुझ्नुुपर्छ । करोडौं मूूल्यका सामग्रीहरु रेखदेख गर्नेको खाँचो छ । मन्दिर छ, चौकिदार छैन, मन्दिर छ, तर सरसफाई छैन, मन्दिर छ तर पुरोहित तथा साधुुसन्त छैनन् । यसरी अँझै पनि सरोकारवालाको ध्यान जाना जरुरी छ ।

टोलिका केही विशेष सुुझाव पनि छन् । लक्ष्मिपुुरक्षेत्रमा स्थानीयहरुबाट स्वयंसेवी भावनाले काम गर्ने युवाहरुको खाँचो देखियो भने भक्तजनले चढाएका वस्तुुहरु रेखदेख र सुरक्षा गरिदिने जिम्मेवार पदाधिकारीहरुको कमी देखियो ।

त्रिवेणी धाममा प्रत्येक वर्ष सुुधार भईरहेको छ ता पनि मन्दिर क्षेत्रलाई अँझ हराभरा र आकर्षक बनाउन सकिने सम्भावनाहरु प्रशस्तै देखिन्छ । त्यस्का लागि पर्वहरुमा आवश्यक स्वयंसेवकहरु खटनपटन गर्नुुपर्ने देखिन्छ ।

प्रशिद्ध छत्रेश्वरी मन्दिर र शंखपार्कमा समेत पर्वको समयमा आवश्यक स्वयंसेवकहरु खटनपटन गर्नुुपर्ने आवश्यकताको महशुुस् अध्ययनकर्तालाई भएको छ । त्यस्तै शारदा नगरपालिका १ श्रीनगरमा रहेको रुद्रेश्वर महादेव मन्दिरमा पनि प्रत्येक वर्ष मन्दिर क्षेत्रमा राम्रो व्यवस्थापन भईरहेको छ । मन्दिर व्यवस्थापन समितिले राम्रो व्यवस्थापन गर्ने गरेको छ । राम्रो हुुँदा हुुदै पनि केही सुधार गर्नुपर्ने कुुराहरु सवै क्षेत्रमा छन् । सरोकारवालाहरुका सुुझावलाई भोलिका दिनमा स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक छ ।

जे होस् यतिबेला कोरोना महामारी कमजोर हुुँदै गएकोमा नागरिकहरु निकै खुुसि छन् । मुलुकमा भूमिगत अवस्थामा रहेका शक्तिहरु पनि शान्ति वार्तामा आउन थालेकोले नागरिकहरुले झनै सहज महसुुस गर्न थालेका हुुन् । अतः अब फेरी हाम्रा दैंनिक गतिविधि सुुचारु हुन थालेको महशुुस सवैलाई भएको छ । धर्म र संस्कृति मान्दिन भन्नेहरु पनि मन्दिर क्षेत्रमा देखिन्छन् । आफुुलाई क्रान्तिकारी ठान्ने र आधुुनिक ठान्नेहरु पनि प्राकृतिक सम्पदाहरुमा मोहित छन् । आज सवैको मन संस्कृतिप्रति सकारात्मक बनेको छ । मुुलुुकमा शान्ति होस्, विकास होस् र नागरिकहरु आनन्दले जीउन पाउन्, यहि अपेक्षा सवैको छ ।

प्रतिक्रिया दिनुहोस