शिवरात्रीमा दर्शनार्थीको घुइचो

कोरोना महामारीपछि सुुनसान बनेका मन्दिर क्षेत्रहरुलाई शिवरात्रीले चहलपहल बनाईदिएको छ । अँझै पनि महामारी फैलिने डर त्रासका कारण नेपालको राजधानी पशुुपतिक्षेत्रमा भारतबाट आउने दर्शनार्थी घटे । तर नेपालभित्रका दर्शनार्थी र भक्तजनहरु भने ढुुक्कले मन्दिर पुुगेर पुजाअर्चना गरेका छन् । शिवरात्री पर्वले देशभरका शिवालयहरुमा चहलपहल बढायो । कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्लामा पनि शिवरात्री पर्वले सवैतिर चहलपहल बढ्यो । केटाकेटी, युवायुवती र बृद्धबृद्धाहरुको उत्साहजनक सहभागिता देख्न सकिन्थ्यो ।

सल्यान जिल्लाका सवै शिवालयहरुमा गत वर्षहरुजस्तै भक्त जन र दर्शनार्थीहरु पुुगेका खवर प्राप्त भएको छ । राजनैतिक नेता कार्यकर्तादेखि सर्वसाधारणहरु सम्म सवैको उपस्थिति मन्दिर क्षेत्रमा रहने गरेको खवर छ । साझा संस्कृतिको रुपमा विकास भैसकेका नेपाली पर्वहरुले सवैमा खुसियाली दिने गरेका छन् । यतिवेला कुुमाख गाउँपालिकाको त्रिवेणी धाममा रहेको जागेश्वर शिवमन्दिरमा पनि भक्तजन र दर्शनार्थीको घुुइचो लागेको खवर मन्दिरका अध्यक्ष विष्णुुप्रसाद शर्मा र सदस्य दिलाराम बुुढाथोकीले बताउनुुभएको छ ।

सल्यानको प्रमुुख व्यापारिक केन्द्र शारदा नगरपालिका १, श्रीनगरमा रहेको रुद्रेश्वर महादेवको मन्दिरमा पनि विहाना ६ बजेदेखि दिनभर दर्शनार्थी र भक्तजनहरु आएको मन्दिरका पुुजारी गणेश आचार्यले बताउनुुभयो । त्यस्तै विभिन्न दाताहरुको सहयोगमा मन्दिरमा सर्वत, पानी, प्रसाद लगायतको व्यवस्थापन गरेको मन्दिरका अध्यक्ष रामसिंह बुुढाथोकीले बताउनुुभयो । व्यवस्थापन समितिका विभिन्न सदस्यहरुले सक्दो खट्नपटन गरी दर्शनार्थी र भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन र पुजाअर्चनाको व्यवस्था मिलाएको पनि उहाँले बताउनुुभयो ।

सतिदेविको बाँयाँ करङ पतन भएको विश्वास गरिने प्रसिद्ध लक्ष्मिपुुर तिर्थस्थलमा पनि विहानैदेखि भक्तजन र दर्शनार्थीहरु आएको र दिनभरजसो भजनकृतन र पुजाआर्जना भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुुल्सीराम ओलिले जानकारी दिनुुभएको छ ।

त्यस्तै सल्यानको अर्को प्रसिद्ध तिर्थस्थल त्रिवेणीधाममा पनि दर्शनार्थीको बाक्लो उपस्थिति रहेको मन्दिरका पुजारी नारायणप्रसाद शर्माले बताउनुुभएको छ । दर्शनार्थि र भक्तजनलाई प्रसाद वितरण, पिउने पानीको व्यवस्था, भजनकृतन गर्ने ठाउको उचिन व्यवस्था, मन्दिर क्षेत्रमा विभिन्न आकृतिका मूूर्तिहरुले मन्दिरक्षेत्रलाई आकर्षित र सुविधायुुक्त बनाएकोले पनि प्रत्येक वर्ष दर्शनार्थीको संख्या बढ्दै गएको व्यवस्थापन समितिले जानकारी दिएको छ ।

त्यस्तै सल्यानको सवैभन्दा व्यवस्थित र पौराणिक महत्वको क्षेत्र छत्रेश्वरी गाउँपालिकामा रहेको शंखमूूल –(हाल शंखपार्कको रुपमा परिचित), छत्रेश्वरी मन्दिर र छायाढुुंगा दर्शनको लागि मानिसहरु टाढाटाढाबाट आउने गरेका छन् ।

शंखपार्कमा पुुगेर फोटो खिचाउनेहरु पनि धेरै देखिन्छन् । यसरी धार्मिक स्थल केवल पुजाअर्चनाका लागि मात्रै नभै मानिसको मनलाई शान्त र आनन्दीत बनाउने ठाउँको रुपमा पनि व्यवस्थीत गरिएको पाईन्छ ।

पछिल्लो समय देश धर्मनिरपेक्ष भनिएता पनि स्थानीय सरकारहरुले समेत पार्क, गुफाक्षेत्र र मन्दिरक्षेत्रहरुलाई व्यवस्थित गर्ने प्रयत्न गरिरहेका छन् । जिल्लाको लक्ष्मिपुुर क्षेत्रमा प्रदेशको बजेटले संरचनाहरु थपिने क्रम जारी छ ।

त्यस्तै त्रिवेणी र छत्रेश्वरीमा पनि स्थानीय सरकार लगायत प्रदेश सरकारबाट पनि सहयोग भईरहेको छ । त्रिवेणीधाम नजिकै बनेको पक्कीपुलका कारण पश्चिम क्षेत्रका धेरै जनतालाई सहज भएको छ । मन्दिरक्षेत्रमा स्थानीय दाता र सहयोगी हातहरुका कारण बृद्धाश्रम लगायतका थप संरचना बनिरहेका छन् ।

छत्रेश्वरी गाउँपालिकामा रहेको शंकपार्कलाई निकै आकर्षक बनाउन थालिएको छ । गाउँपालिका अध्यक्ष अँझै पनि थप व्यवस्थापन गर्ने सोच रहेको र आफ्नै कार्यकालमा अँझ व्यवस्थीत गर्न पुर्वाधारक्षेत्रमा जोड दिएको बताउनुुभयो । मन्दिरक्षेत्र पुुग्ने सडक निकै फराकिलो बनेको छ । शंखपार्कमा आकर्षक शंख निर्माण गरिएको छ र थप मूूर्तिहरु निर्माणको चरणमा छन् ।

साधुुसन्तहरुको बाक्लो उपस्थिति र भक्तजनको आस्थाले छत्रेश्वरी मन्दिरक्षेत्रको महत्व निकै बढाएको पाईन्छ । यसरी शिवरात्री पर्वको चहलपहलले फेरी पनि मानिसहरुको दिनचर्या नियमित बन्न थालेको आभाष सवैलाई हुन थालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

<