नेकपा दाहाल-नेपाल पक्षको शारदा नगरपालिका ६ र ७ को सपथग्रहण सम्पन्न


सल्यान, २८ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यान शारदा नगरपालिका वडा नम्बर ६ र ७ को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । प्रचण्ड नेपाल पक्षको नेकपाको वडा कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण तथा पार्टी प्रशिक्षण कार्यक्रम आज बरलामा सम्पन्न भएको ।

जसमा शारदा नगरपालिका वडा नम्बर ६ मा डम्बर सिंह तिरुवा अध्यक्ष र कैलाश कुमार बुढाथोकी सचिव रहेको २७ सदस्यीय वडा कमिटी र शारदा नगरपालिकाका वडा नम्बर ७ मा मनविर रोका अध्यक्ष र नन्दराम रेउले सचिव रहेको २९ सदस्यीय वडा कमिटी रहेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य तथा शारदा नगर कमिटी इन्चार्ज धिरेन्द्र बहादुर श्रेष्ठ, नेकपाका शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, नेकपाका जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, राम खड्की लगाएतकाले बोल्नुभएको थियो ।

कार्यक्रमका सहभागिताहरुले प्रधानमन्त्री ओलीले संविधानलाई नै मिचेर अलोकतान्त्रिक, असंबैधानिक र प्रतिगामी कदम चालेकाले त्यसको खुलेरै बिरोध गर्ने बताएको शारदा नगर कमिटी सदस्य लिला बहादुर रोकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

<