सल्यान २८, पुस ।
राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले सल्यानका ४ जना अपांगता भएका ब्यक्तिहरुलाई खाद्य तथा आवासका सामाग्री हस्तान्तरण गरेको छ ।
कल्याणकारी अपांग सेवा संघ सल्यान संगको समन्वयमा जिल्लाका ४ जना अपांगता भएका ब्यक्तिहरुलाई सामाग्रीहरु वितरण गरिएको हो ।
कोरोना भाइरसको संक्रमण कायमै रहेको अवस्थामा आर्थिक अवस्था कमजोर भएका ति ब्यक्तिहरुलाई रावत स्वरुप खाद्यान्न सहितका सामाग्री वितरण गरिएको कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनुभयो ।
सामाग्रीहरुमा चामल, दाल, ब्लाङ्गकेट, लगाएतका रहेको उहाँको भनाइ छ । सामाग्री हस्तान्तरण गर्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले अपांगता भएका सबै ब्यक्तिहरुलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
राहत पाउनेमा छत्रेश्वरी गाउपालिकाका टंक पहाडी, दार्मा गाउपालिकाका कमल बुढाथोकी, शारदा नगरपालिकाका भुम बहादुर खड्का लगाएतका रहेका छन ।
प्रतिक्रिया दिनुहोस