सम्पादकीय : नेपालको अर्थहीन राजनीति

नेपालमा पछिल्लो समय अर्थहीन राजनीति हुन थालेको छ । कुुनै समय जहाँनिया राणाशासन अन्त्यका लागि राजनीति गरिएको थियो । कुुनै समय पञ्चायती व्यवस्था अन्त्यका लागि जनदवावका क्रियाकलाप र राजनीतिक गतिविधि गरिएको थियो ।

त्यस्तै कुुुनै समय राजसंस्था नै विकास र समृद्धिको बाधक हो भनेर शाहबंशीय राजसंस्था हटाउनुपर्ने निष्कर्षका साथ आन्दोलन गरिएको थियो । तर हिजोआज त अर्थहिन संघर्ष र राजनीति गरिन थालेको छ । अब कसैले विरोध नगरेपनि दुुइ वर्षमा त सत्ता परिवर्तन हुुुनेनै छ, तर तुुरुन्तै सत्ता परिवर्तन गरिहाल्ने सोच र महत्वाकांक्षाका कारण अहिलेको समस्या निम्तिएको हो ।

यहाँ केही अपवाद्बाहेकका राजनैतिक दलबाहेक अन्यले अहिले भइरहेको व्यवस्था तुुरुन्तै अन्त्य गर्नुुपर्छ भनेर पनि भनेका छैनन्, बरु केही संसोधन गर्नुुपर्ने आवाज भने उठिरहेको छ । बेलाबखत संविधान संसोधन गर्नुुलाई आश्चार्यजनक मान्नुुहुदैन ।

नेपालको सन्दर्भमा धर्मनिरपेक्षताले महत्व नराख्ने भएकोले यसलाई जनतमसंग्रहबाट टुुंगो लगाउन सकिने धारणा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले भन्दैआएका छन् । राजसंस्थाको अन्त्य जनआन्दोलनको उपलब्धि भएपनि धर्मनिरपेक्षता चोर बाटोबाट ल्याएको सवैलाई थाहै छ । यसर्थ अपवाद्बाहेक आम जनतालाई चित्त नबुुझेको विषय संसद्बाट या जनमतसंग्रहबाट नै टुुंगो लगाउन सकिन्छ ।

तर पछिल्लो समयका आन्दोलनहरु केवल कुर्सिकै लागि भएको जोकसैलाई पनि थाहा छ । प्रधानमन्त्रि को हुुने र कति वर्ष चलाउन पाउने भन्ने विषयमै शीर्ष नेतृत्वतहमा विवाद् देखिएको छ ।

व्यवस्था परिवर्तनका लागि आन्दोलन भएको भए नागरिकहरु जोशजाँगरसाथ लाग्न सक्दथे, तर केवल व्यक्ति परिवर्तनका लागि या प्रधानमन्त्री परिवर्तनका लागि ठूूला राजनैतिक दलहरुले निरन्तर किचलो गरिराख्नुुपर्ने अवस्था पक्कै पनि राम्रो होइन ।

आन्दोलनको लक्ष्य र उदेश्य स्पष्ट नभै आम नागरिकहरु सहभागी हुन सक्दैनन् । अतः पछिल्लो समयमा जसरी विना उदेश्य र लक्ष्यका आन्दोलनहरु देखिएका छन्, ती लज्जास्पद र अर्थहीन देखिन्छन् । यसप्रकारका आन्दोलनमा व्यापक जनसहभागीता पनि जुुट्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस

<