सहकारीसंग सहकार्य गर्न तयार छौं– नगर प्रमुख पुन

मेरोपाटी तेरोपाटी भन्ने कुरा चुनावको बेला मात्रै हो विकास निर्माणमा समेत राजनीति प्रवेश गराउनुहुदैन र हाम्रो नगरपालिकामा पनि यस्तो हुन दिदैन

सल्यान, २६ पौष ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले आफ्नो नगरपालिका भित्रका सहकारी संस्थाहरुसंग सहकार्य गरी अगाडि वढ्न नगरपालिका प्रतिवद्ध भएको बताउनुभएको छ ।

सहकारीले स्थानीय स्तरमा आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले सरकारसंगै लिएर अगाडि वढनुपर्ने पुनले बताउनुभयो ।

कुपिण्डे नगरपालिका ९ जयतपानीमा रहेको परिवर्तन कृषि सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभालाई उद्घाटन गर्दै नगर प्रमुख पुनले सहकारी संस्थाभित्र राजनीति प्रवेश गराउन नहुने वताउनुभयो ।

“मेरोपाटी तेरोपाटी भन्ने कुरा चुनावको बेला मात्रै हो विकास निर्माणमा समेत राजनीति प्रवेश गराउनुहुदैन र हाम्रो नगरपालिकामा पनि यस्तो हुन दिदैन ।” नगरप्रमुख पुनले भन्नुभयो ।

नगरपालिका भित्र विभिन्न प्रकृतिका सहकारी संस्थाहरु भएकोले उनिहरुको प्रकृति अनुसार नगरपालिका सहयोग गर्न तयार रहेका पुनले वताउनुभयो ।

“सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार अगाडी वढनुस हामी तपाइहरुलई जुनसुकै सहयोग गर्न तयार छौँ ।” नगरप्रमुख पुनले भन्नुभयो ।

उद्घाटन कार्यक्रममा वोल्दै बनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष इन्द्र वहादुर कुमाईले केही सहकारीहरुमा राजनितिक गुट छिरेकोले यसलाई रोक्नुपर्ने आवश्यकता औल्याउनुभयो ।” म पनि यो क्षेत्रको नेता हो मलाई पनि सहकारी संस्था राम्रो वनाउनुपर्छ भन्ने छ तर मलाई नै वाइपास गरेर जान खोजियो, यो मलाई स्वीकार्य छैन ।”

वडाध्यक्ष कुमाइले भन्नुभयो । कार्यक्रममा बोल्दै कुपिण्डे वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहर कवरले सहकारी संस्थाले स्थानीय समुदायको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले स्थानीय सरकारले यसलाई शसक्तिकरणमा सहयोग गर्नुपर्ने वताउनुभयो ।

“सहकारी संस्थाहरुले स्थानीयतहमा ठुलो पुजी लगानी गरेका छन् राज्यले पनि यसलाई सहयोग गर्न आवश्यक छ,” अध्यक्ष कवरले भन्नुभयो ।

कार्यक्रमा परिवर्तन कृषि सहकारी संस्थाको संस्थागत प्रतिवेदन सहकारी संस्थाका अध्यक्ष राम वहादुर वस्नेतले प्रस्ुतत गर्दै आगामी ५ बर्षमा सहकारी संस्थालाई सक्षम संस्थाको रुपमा विकास गरिने बताउनुभयो ।

सहकारी संस्थाले आगामी पाँच वर्ष भित्रमा शेयर सदस्य ५ सय जना पु¥याउने, कृषि उपज संकलन केन्द्रको स्थापना गर्ने, कृषि उपजहरु संकलन गर्ने, र कार्यक्षेत्र जिल्लाभरी विस्तार गरिने जानकारी दिनुभयो ।

“अव सहकारी संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत सदस्यहरुको अनिवार्य विमा गर्नेगरी नीति अनुमोदन गर्ने छ यस्तै सदस्यहरुको ऋणको मागलाई सम्वोधन गर्नका लागि थोक कर्जा प्रदायक संस्थाहरुसंग समन्वय तथा सहकारी गरी ऋण परिचालन गर्ने छ ।” अध्यक्ष बस्नेतले भन्नुभयो ।

सहकारी संस्थामा हाल २ लाख ६० हजार शेयर पुजी र २३ लाख निक्षेप रहेको अध्यक्ष वस्नेतले जानकारी दिनुभयो । यसलाई बृद्धि गर्नका लागि सहकारी संस्थाले पञ्चवर्षिय रणनीति तयार पारी लागु गर्न लागेको जानकारी दिनुभयो ।

सहकारी संस्थाका सचिव चक्र वहादुर डाँगीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपाका लोकेन्द्र वुढाथोकी, नेपाली काँग्रेसका कृष्ण वहादुर खड्का, बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष टेक वहादुर डाँगी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारी संस्थाको बार्षिक साधारणसभाले आर्थिक वर्ष ०७५÷०७६ को आय व्यय विवरण, आर्थिक बर्ष ०७६÷०७७ को अनुमानित आय व्यय तथा बार्षिक कार्ययोजना अनुमोदन गरेको छ ।

स्तै सहकारी संस्थाले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने, सदस्य सहानुभुति कोष सञ्चालन नीति र कृषि उपज संकलन तथा वितरण नीति २०७६ अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<