देशमा दुुईथरी नागरिक छन्

२०७६ पौष, २७ गते

एकथरी नागरिक अहिले सुविधासम्पन्न जीवनशैली अपनाईरहेका छन् । २, ३ ठाउँमा घर छन्, ३,४ ठाउँमा घडेरी छन् ।

गाडि छन्, समय समयमा नयाँ नयाँ बाईक घरमा फेरिन्छन् । समय अनुसार पहिरन छ । बैंक व्यालेन्स छ, घरमा गरगहनाले सजिएका महिलाहरु छन् । समय समयमा परिवार कतै भ्रमणमा निस्कन्छन् ।

तर एक थरी नागरिकहरु ऋणमा छन्, बेरोजगार छन्, घरमा छोराछोरीले भनेजस्तो खाना पाउदैनन्, भनेजस्तो लाउन पाउदैनन्, घरमा तनाव छ, झगडा छ, छोराछोरीले राम्रो शिक्षा पाउन सकेका छैनन्, विरामी हुुँदा उपचार गर्ने पैंसा छैन ।

त्यसैगरी साहुुहरुले बेलाबेलामा थर्काउछन् । दिनरात कहाँ जाउ र कसो गरुको अवस्थामा छन् । अँझ कतिपयको घरमा सन्तान रोगी छन्, अपांग छन्, बाबुुआमा असक्त छन्, घरमा कमाउने कोही छैैन ।

ति बेसहाराहरु कोहि भित्रभित्रै रोइरहन्छन् त कोही सडकमै छताछुुल्ल हुनेगरी रोइरहेका छन् । कतिपय आपद्विपद्मा परेका नागरिकहरु सरकारसित बेलाबेलामा हारगुुहार गर्छन् । हामीलाई पनि बाँच्ने अवसर देउ भन्दछन् ।

बल गरेर आवाज निकाल्न खोज्छन्, ठूलो साहस गरेर जिम्मेवार भनिएका निकायमा पुुग्छन् र आफ्नो कथाव्यथा राख्दछन् ।

तर तिनले बल गरेर निकालेको आवाज पनि सानो हुुन्छ, सुनिदिने कोही हुुदैन । जिम्मेवार तहमा बस्नेहरु नदेखेझै गर्छन् । थाहा नपाएझैं गर्छन् । आफू अघाएपछि सवैले खाएको महशुस गर्नेहरु यहाँ धेरै छन् । अहिले त्यसै भईरहेको छ ।

देशमा सम्भावनै नभएको पनि होइन । गर्नुुपर्ने धेरै छ । हजारौं सडकको स्तरोन्नती गर्न बाँकी छ । हजारौं खोलामा पुलहरु निर्माण गर्न बाँकी छ । कृषि, पशुपालन र निर्माण सम्बन्धी सयौं उद्योगधन्दा खोल्न सक्ने सम्भावना छ ।

यसरी प्रशस्त सम्भावना हुुँदाहुुदै पनि देशमा रोजगारीका अवसरहरु सूून्य जस्तै छन् । कतिपय ठाउँमा खेतीपाती नै राम्रो हुदैन, कतिपयको ठाउँमा उत्पादित बस्तुले बजार पाउँदैन । कतै उर्वर भूमि बाँझै छ त कतै जति मेहनत गरे पनि उत्पादन हुुदैन ।

यति हुुँदाहुुदै पनि राज्यले यदि जनताले उत्पादन गरेको बस्तु मात्रै खरिद गरिदिने हो भने यहाँ कुुनै प्रकारको कृषि अनुदान आवश्यक हुदैन ।

अधिकांश जनता कुनै न कुुनै कृषि वस्तुको उत्पादनमा स्वतस्फूूर्त लाग्ने निश्चित छ । अतः निष्कर्षमा भन्नुपर्दा अहिले मुुलुकमा दुुइथरी जनता छन् । एकथरी भोगविलासको अवसर पाईरहेका छन् ।

अर्कोथरी हाहाकारको जीन्दगी विताईरहेका छन् । जो सुुखसयल र विलासितामा छन्, उनीहरुले संसार नै झिलिमिलि र सवै नागरिक सम्पन्न भएको ठान्दछन्, उनीहरुलाई देशमा गरिबी घटेजस्तो लाग्छ, मुुलुक समृद्धिको दिशातिर लम्केको जस्तो लाग्छ ।

तर अर्कोथरीलाई अनेक प्रकारको कष्ट छ, पीडा छ, निरासा छ, असहयोग छ र पनि अँझै केही होला कि भन्ने झिनो आशा छ । आशैैआशामा बाँच्ने नागरिकहरुको जमात पनि ठूूलो छ ।

प्रतिक्रिया दिनुहोस

<