ख्यातीप्राप्त कलाकारमा भोगविलासीपन बढ्यो

२०७६ पौष, २६ गते

पछिल्लो समय कतिपय ख्यातीप्राप्त भनिएका कलाकारहरुमा भोगविलासीपना बढेको छ । त्यसमा पनि स्टेज कलाकारहरु त झनै महंगा भएका छन् ।

न्यूनतम खानेबस्ने, यातायात खर्च खोज्ने भन्दा पनि प्लेन टिकट, महंगो बसाई र खानपानको शैलीले कार्यक्रम आयोजना गर्नेहरु घाटामा गईरहेका छन् । कार्यक्रममा पाँच लाखै नउठ्ने अवस्थामा पाँचैलाख खर्च गराईदिने कलाकारहरु छन् ।

एकै दिनको बसाईमा महंगा खानेकुुराहरु खाएर आयोजकलाई टाट बनाउन खोज्ने कलाकारहरुदेखि सावधान रहनुुपर्ने अवस्था छ ।

कला र गला प्रस्तुत गर्नुको साटो, हुुटिङ र नग्नता प्रदर्शन गरेर आफूलाई हिरो ठान्ने कलाकारहरुदेखि सावधान बन्नुपर्ने अवस्था छ । सवै ख्यातीप्राप्त कलाकारहरु त्यस्तै छन् भन्न खोजिएको होइन, तर पछिल्लो समय त्यसप्रकारका कलाकारहरुको संख्या बढ्दै गएको छ ।

कलाकार भनेका देशका गहना हुुुन्, यसमा दुुइमत छैन । तर देशका गहना भनिएका कलाकारहरु छाडा हुुनुुहुुदैन । कलाकारले पनि अनुशासन पालना गर्नुुपर्दछ । कलाकारले पनि मर्यादाको पालना गर्नुुपर्दछ । समाजमा कतिपय कामहरु सेवामूूलक पनि गर्नुुपर्ने हुुन्छ । फजुल खर्च कटाएर दीन दुखीको सेवा गर्नुुपर्ने पनि हुन सक्छ ।

तर कार्यक्रम आयोजनाको उदेश्य नै नबुुझेर केवल मनोरञ्जन मात्र गर्नखोज्ने कलाकारले देश बुुझेको भन्न मिल्दैन । दुनिया बुुझेको भन्न मिल्दैन । त्यस्ता प्रकारका कलाकारबाट देशको इज्यत पनि बढ्दैन ।
कलाकारले समय सुुहाउदो पारिश्रमिक लिनुुहुुदैन भनको होइन । पारिश्रमिक लिनुुपर्छ । तर खाना तथा यातायातबाहेक एकैदिनमा दशौंहजार कमाउन खोज्ने जुन प्रवृत्ति छ, यसले अन्ततः कलाकारको माग कम हुने निश्चित छ ।

बरु अब स्थानीय कलाकारलाई प्राथमिकता दिन जरुरी छ । स्थानीय कलाकारले त्यतिविधि भोगविलासीपन देखाउदैनन् र यदि त्यहि प्रवृत्ति दोहोर्याउन थालेपछि तिनको पनि विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ ।
अतः पछिल्लोपटक कतिपय ख्यातीप्राप्त भनिएका कलाकारहरुको व्यबहारले न त आयोजक खुुसी छन्, नत दर्शक तथा श्रोता ।

ती कलाकारहरुले आफ्नो गरिमा आफै घटाउदै गएका छन् । हामी आम सर्वसाधारण नागरिक समेत समाज र राज्यप्रति गैरजिम्मेवार बन्ने कलाकारहरुको अन्धभक्त भएर गुुणगान गाईरहने पक्षमा छैनौं ।

यसबारेमा समीक्षा गर्न र आम नागरिकको स्तरबाट गलत आचरण र व्यबहार सुधारका लागि सम्बन्धित पक्षलाई घच्घच्याईरहने प्रयत्न गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

<