सल्यान माल्नेटाका राजेसको दुबै मिर्गौला फेल, आर्थिक अभाबका कारण उपचारमा समस्या

सल्यान, २७ पौष ।
सल्यानका एकजना युबाको दुबै मिर्गौला फेल भएको छ ।
जिल्लाको शारदा नगरपालिका १५ माल्नेटाका राजेस नेपालिका दुबै मिर्गौला फेल भएका छन । मिर्गौला फेल भएपछि नेपालिको अहिले भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार भैरहेको छ ।

२ बर्ष पहिले एक्कासी बिरामी भएका २४ वार्षिय नेपालिले ३ हप्तादेखि मिर्गौलाको डाईलाईसिस समेत गराईरहेका छन ।

बिरामी भएपछी काठमान्डौको एक अस्पतालमा २ बर्षसम्म उपचार गराए निको भएन“अहिले डाईलाईसिस गराइरहेको छु नेपालिले भने ।

तीन हप्तादेखी अस्पतालमै छु, अहिले प्रत्येक हप्तामा दुई पटक मिर्गौलाको डाईलाईसिस गरिरहेको नेपालिले बताएका छन ।

औषधी सेबन गरेपनी मिर्गौलामा कुनै सुधार नभएको र दिनप्रतिदिन मिर्गौला बिग्रदै गएका कारण नेपाली डाईलाईसिसका लागि अस्पतालमा भर्ना भएका हुन । अहिले उनको शरीर सुन्डीयको छ भने शरीर समेत निकै कमजोर बनेको छ ।

नेपालिको अस्पतालमा भर्ना हुँदा १ लाख सम्म खर्च भएको र अहिले एक पटक डाईलासेस गर्दा २५ सय र औषधिसमेत गरि ७ हजार खर्च हुने गरेको छ ।

आर्थिक अभावका कारण अहिले नेपालिको उपचारमा समस्या देखिएको छ । डाईलाईसिस र औषधिसमेत सेबनले गर्दा उनको उपचार खर्चिलो बनेको हो । अहिलेसम्म नेपालिको दुबै मिर्गौलाको ५ पटक डाईलाईसिस गरिएको छ ।

२ बर्षदेखि उपचार गराउदा भएको पैसा सकिएको र जमिन समेत बेचेको उनका परिवारले बताएका छन । उपचार गराउदा गराउदा पैसा र जमिन सकियो“अहिले ठूलो रकम” समेत रिन लागेको उनका दाजु टोप बहादुर नेपालिले बताए ।

हाम्रो आर्थिक स्थिति दयनिय छ उपचार गराउन समस्या छ उनले भने । उपचारमा सहयोग गरेर आफुलाई बचाउन नेपालिले सबैलाई आग्रह गरेका छन । म बाच्न चाहन्छु,तपाईको सानो सहयोगले मेरो ज्यान बच्नेछ उनले भने ।

प्रतिक्रिया दिनुहोस

<