काठमाडौं, २६ कात्तिक ।
तिहार बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने बैंकहरूले जनाएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण मुलुकमा पनि बढ्दै गएको र पछिल्ला केही दिनमा सो संख्या झन् बढ्दै गएको भन्दै तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएका हुन् । यस्तै दसैँ बिदामा पनि बैंकहरुले सम्पूर्ण शाखा बन्द गरेका थिए ।
अहिले बैंकका ६ हजारभन्दा धेरै कर्मचारी कोरोना संक्रमित भइसकेका छन् । कोरोना संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न बैकर्स संघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस