सीमा विवाद चर्काउन भारतले नेपालका सांसददेखि पत्रकारसम्म किनेको चिनियाँ दाबी

काठमाडौं, २६ कात्तिक ।

सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले नेपाल र चीनबीच सीमा विवाद चर्काउन भारतले नेपालका सांसददेखि स्थानीय पत्रकारहरू समेतलाई किनेको आरोप लगाएको छ । भारतसँग सीमा विवाद जारी रहँदा केहीअघि चीनले पनि सीमा मिचेका समाचारहरू प्रकाशित भएका थिए ।

पश्चिमाहरूले हालै प्रकाशित गरेका केही रिपोर्टहरूमा नाम उल्लेख नगरी नेपाली राजनीतिज्ञहरूलाई उद्धृत गरेको र ती व्यक्तिहरूले चिनियाँ सेना नेपालको सीमा पार गरी हुम्ला जिल्लामा प्रवेश गरिसकेको आरोप लगाएको ग्लोबल टाइम्सको सो सामग्रीमा उल्लेख छ ।

कांग्रेसले भन्यो : हुम्लामा सीमा मिचेर चीन दुई किलोमिटर भित्र आयो

नेपाल र चीनबीचको सीमा छुट्याउन प्रयोग गरिएका खम्बाहरूलाई चीनले सैनिक अड्डा विस्तार गर्न नेपालतर्फ सारिदिएको सम्मका खबर फैलाइएको पनि सो सामग्रीमा लेखिएको छ।

भारत समर्थक शक्तिका रूपमा नेपालमा चिनिएको नेपाली कांग्रेसमार्फत यी अफवाहहरू फैलाइने गरिएको उल्लेख गर्दै ग्लोबल टाइम्सले अगाडि लेखेको छ, ‘पूर्व संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री एवम् नेपाली कांग्रेसका कर्णाली प्रदेश सभासद जीवन बहादुर शाहीले यसअघि अमेरिकामा आधारित उड्डयन विद्यालयमा पाइलटको रूपमा प्रशिक्षण लिएका थिए, उनले चीन विरुद्ध आरोप लगाएका थिए।’ टाइम्सले यो भनाईमा नेपाली मिडिया पिपल्स रिभ्यू साप्ताहिकका सम्पादक पुष्पराज प्रधानलाई उद्धृत गरेको छ ।

कांग्रेसको निष्कर्ष :  हुम्लामा चीनले सीमा मिचेकै हो

गत अक्टोबरमा नेपाल(चीन सीमामा ११ दिन भ्रमण गरी फर्केका जीवन बहादुर शाही नेतृत्वको टोलीले हुम्ला जिल्लामा चीनले नेपालको भूमि अतिक्रमण गरेको आरोप लगाएको थियो। शाहीले चीनविरुद्ध अमेरिकी उक्साहटमा यस्तो आरोप लगाएको, तर नेपालमै उनले फैलाएको झुठो खबरको आलोचना भएको चिनियाँ मुखपत्रले लेखेको छ।

तर, शाहीले सिमानाको भ्रमण गरेपछि पश्चिमी र भारतीय सञ्चारमाध्यमहरूले अज्ञात नेपाली अधिकारीहरूलाई हवाला दिँदै तथाकथित चीन(नेपाल सीमा अतिक्रमण मुद्दालाई बढावा दिन थालेको आरोप पनि चीनले लगाएको छ।

’शाहीका रिपोर्टहरू द्वेष पूर्ण र गलत फेला परेका थिए, जब पछि सुरक्षा एजेन्सीहरूको टोलीले उनीहरूको उचित साइटहरूमा नम्बर ११ र नम्बर १२ खम्बाहरू भेट्टाए,’ योगेश्वर नाम गरेका नेपाल प्रहरीका पूर्वअधिकारीलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ, ’पश्चिमी र भारतीय सञ्चारमाध्यमहरूले गलत रूपमा प्रस्तुत गरिएको समाचारलाई निराधार र द्वेषपूर्ण रुपमा फैलाएको थियो, जसको पृष्ठभूमिमा धेरै पश्चिमी र भारतीय राजनीतिक शक्तिहरूले नेपाललाई भौगोलिक राजनैतिक चासोको केन्द्र बनाउने कोशिश गरिरहेका छन्, जुन चीन लक्षित छ।’

नेपाली भूमिमा चिनियाँ अतिक्रमण : हुम्लामा ११ नम्बर सीमा स्तम्भ गायब

यसबीचमा नेपालका बुद्धिजीवीहरूले नेपालमा बढ्दो पश्चिमी गतिविधिबारे सन्देह व्यक्त गरेको पनि सो सामग्रीमा लेखिएको छ। धेरै विदेशी गैरसरकारी संस्थाहरू अझै पनि नेपालमा कार्यरत रहेको र सशस्त्र विद्रोह गरेका राजनीतिक दलका केही मानिस पनि सो आन्दोलनको पछाडि रहेको योगेश्वर नामका ती प्रहरी अधिकारीले बताएको उल्लेख गरिएको छ।

केही भारतीय टेलिभिजन च्यानलले नेपालको सार्वभौमिकताको बिरूद्ध समाचार चलाइरहेका र नेपाल(चीन बारेमा विवादास्पद समाचार फैलाइरहेको आरोप लगाउँदै ग्लोबल टाइम्सले केही पत्रकार र राजनेताहरू भारतको एजेन्टका रूपमा कार्यरत रहेको आरोप लगाएको छ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कर्चन लामाले पनि जीवन बहादुर शाहीले सीमा गाउँमा तिब्बती अलगाववादीको झण्डा फ्याँक्दै गरेको कुरा ग्लोबल टाइम्सलाई बताएका छन्। लामाले भनेका छन्, ’केही स्थानीय मिडिया भारत समर्थक सेनाको नियन्त्रणमा छन् र उनीहरूले त्यस्ता रिपोर्टहरू सजिलैसँगै मुख्य समाचारका रूपमा फैलाउन सक्षम भएका छन्। उनीहरूले कुनै दिन चीनले सगरमाथा समेत कब्जा गर्ने हल्ला फैलाउँदै नेपाल(चीनबीच दुस्मनी बढाउने काम गरिरहेका छन्।’

भारतका राजनीतिक शक्तिहरू नेपालमा बिस्तारै नियन्त्रण गुमाउँदै जाँदा डराएको पनि ग्लोबल टाइम्सले दावी गरेको छ। नेपाल चीन प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ प्रोजेक्टको हिस्सा भएको र राम्रो सडक तथा रेल सम्पर्कमार्फत चीनसँग जोडिन लागेको, तर भारतलाई आत्मनिर्भर नेपाल टाउको दुखाई भएकाले नेपाल र चीनबीच वैमनस्यता पैदा गर्न खोजिएको टाइम्सले लेखेको छ।

पिपल्स रिभ्यू साप्ताहिकका सम्पादक पुष्पराज प्रधानले भनेका छन्, ’चीनबिरूद्ध राजनीतिक अभिप्रायले केही भारतीय र पश्चिमाहरूले सीमा स्तम्भ सारिएको जस्ता अफवाह शुरु गरेका थिए, मिडियाहरूले पनि यसलाई बढावा दिइरहेका छन्, नेपालमा भारतीय र पश्चिमाहरूको काम चीनलाई खलबल्याउन हो ।’

केही भारतीयहरू नेपाललाई आफ्नो संरक्षित राज्य बनाएको चाहेको र पश्चिमाहरूले पनि चीन विरोधी गतिविधि हेर्न र सञ्चालन गर्न यहाँ आफ्नो गढ बनाउन खोजिरहेको प्रधानले बताएको ग्लोबल टाइम्समा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

<