कालीगण्डकीमा आएको बाढीले विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

स्याङजा, २७ असार ।
लगातारको अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाब बढेपछि विश्वकै ठूलो शालीग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकैठूलो शालीग्राम शिला डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा रहेका पुजारी तथा पण्डितहरु विस्थापित बनेका छन् । ‘पवित्र शालीग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको छ’ पराजुलीले भने ।

बर्सेनी सेतीवेणीका नागरिकहरु जोखिममा पर्दा समेत संरक्षणका लागि उचित ध्यान कुनै निकायबाट पनि पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको उनले बताए ।

पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ । बहाब ह्वात्तै बढेपछि स्थानीयले रातभर जाग्राम बसेका छन् । घरसम्मै आएर डुवाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताए ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका व्यापारी तथा सर्वसाधरण त्रसित छन् ।

बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाइ दियो हाते ट्याक्टर
सल्यान, २७ असार ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाई उन्नत प्रविधि अन्र्तगत हाते ट्याक्टर वितरण गरेको छ ।

किसानहरूको ५० प्रतिशत अनुदानमा र नगरपालिकाको ५० प्रतिशत अनुदानमा उनिहरूलाई हाते ट्याक्टर वितरण गरिएको हो । वितरित मध्ये ९ वटा डिजेलबाट र ५ वटा पेट्रोलबाट चल्ने हाते ट्याक्टर हुन ।

वितरण कार्यक्रममा नगरप्रमुख गोविन्द पुन, उपप्रमुख मन्जु यरी र प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले प्रविधिको प्रयोगबाट किसानहरूको समयको बचत हुने र त्यो समयमा थप कृषि कर्म गर्दा उत्पादन बढ्ने विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस

<