लोकसेवाको विज्ञापनविरूद्ध सर्वोच्चमा रिट

 

    काठमाडौं, २८ जेठ  ।
स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले निकालेको विज्ञापनविरुद्धमा सर्वौच्च अदालतमा रिट दायर भएको छ । गत जेठ १५ मा लोकसेवाको निकालेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको भन्दै विज्ञापन रद्द गर्न माग गरिएको हो ।

सोमबार अधिवक्ता विकासकुमार ठाकुरले सर्वौच्चमा रिट दायर गरेका हुन् । रिटमा संघीयताको मर्म र भावना विपरित तथा समानुपातिक समावेशीताको सिद्धान्त विपरित विज्ञापन गरिएको जनाइएको छ ।

‘आयोगले संघीयताको मर्म र भावना विपरित तथा समानुपातिक समावेशीताको सिद्धान्त विपरित विज्ञापन गरेको छ ।’

रिटमा अगाडि भनिएको छ, ‘अतः नेपालको संविधान, प्रचलित कानूनको विपरित र सार्वजनिक सरोकारको विषय समेत रहेको तथा उपचारको लागि अर्को प्रभावकारी बाटो नभएकोले मौलिक हक, कानूनी हकको प्रचलनको लागि नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम सम्मानित अदालत समक्ष यो निवेदन चढाएका छौं ।’

आयोगले गत जेठ १५ मा स्थानीय तहको लागि भन्दै नौ हजार एक सय ६१ सिटका लागि विज्ञापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

<