सिद्ध कुमाख गाउँपालिकामा सावुन बनाउने तालिम सम्पन्न

 

जेठ २८,सल्यान
सिद्ध कुमाख गाउँपालिकाको आयोजना र गाउँपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरूको सक्रिय सहभागितामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्ग भएका व्यक्तिहरूमा पनि काम गर्ने र सिक्ने क्षमता हुन्छ भन्ने यस तालिमले उदहारण दिएको छ ।

गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूले ७ दिन सम्मको तालिममा झण्डै १००० वटा सावुन तयार पारेका छन । तालिम समापनको क्रमा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले यस तालिमबाट सिप सिकेर व्यवसायिक रूपमा उद्योग सन्चालन गर्न चाहने सहभागिहरूलाइ गाउँपालिकाले कच्चा पदार्थ किन्न अनुदान दिने बताएका छन् ।

हरेक दिन हरेकको घरमा सावुन खपत हुने हुदाँ बजारीकरणको कुनै समस्या नहुने उन्नले बताए । त्यस्तै उपाध्यक्ष पुष्पा कुमारी बोहराले गाउँपालिकाले विभिन्न क्षमता भएका व्यक्तिहरूको लागि मागमा आधारित सिप तथा तालिमहरू आयोजना गर्ने हुदाँ आफुले सिक्न चाहेको तालिमको बारेमा गाउँपालिकामा आएर माग गर्न आग्र समेत गरिन ।

कार्यक्रममा बोल्दै प्रमुख मुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बजारमा पाइने सावुन र स्थानीय स्तरमा बनाएको सावुनमा कुनै फरक नभएको र यहाँ बनाउदा रोजगारी सृजना पनि हुने उन्नले बताए ।

किनेर प्रयोग गर्नेबाट आज आफै बनाएर प्रयोग गर्ने बन्नु समृद्ध समाजको उदाहरण भएको तालिममा सहभागिहरुले बताएका छन ।

त्यस्तै तालिममा सहभागिहरुले आफ्नो क्षमता पहिचान गरि गाउँपालिकाले सावुन बनाउने तालिम आयोजना गरिदिएकोमा खुशि व्यक्त गरेका छन सहभागिहरुले कच्चा पदार्थ ल्याउने बातावरण मिलाइदिएमा सावुन वनाउने उद्योग खोल्ने समेत बताएका छन ।

७ दिन सम्म संचालन भएको तालिममा दमाचौरमा सावुन बनाउने उद्योग खोलेका उद्यमी दिपक वि.कले प्रशिक्षन दिएका थिय भने तालिमको सहजीकरण विमला खत्रीले गरेकि हुन ।

प्रतिक्रिया दिनुहोस

<