कुमाख क्षेत्रमा तिब्र वेगमा आएको हावाहुरी र पानिका कारण तरकारी र फलफुल खेतिमा क्षेति ।

संजिब शर्मा, २९ बैशाख २०७७ ।
कुमाख क्षेत्रमा हिजो साझ तिब्र वेगमा आएको हावाहुरी र पानिका कारण खेतमा टनेल बनाएर लागाएको टेन्ट हावाले उडाएर फाल्दा टमाटार खेतिमा पूर्ण क्षेती भएको छ । फल्नै लागेको सिमी,काक्रा, बोडी लगाएत तरकारी खेतिमा व्यापक क्षेति भएको छ भने पाखामा झन्डै ३ रोपनीमा व्यावसायिक रुपमा लगाएको एकसय आँपका बोटहरु मध्ये ७० प्रतिशत आँपहरु फलेका थिए, ति सबै आँपका विरुवाहरुमा फलेका आँपहरु पूर्णरुपमा हावाहुरीले क्षेति पु¥याएको छ । आफ्नो तरकारी र आँप खेति गरी झन्डै पचासहजारको बराबरको क्षेति भएको कुमाख –३ का किसान धनबहादुर हमालले जानकारी दिएका छन् ।  त्यसै गरी कुमाख –३ कै अर्का किसान हुतिराम के.सीले पनि हिजो साझ पाँच बजेतिर आएको हावाहुरीले क्षेति पु¥याएको बताएका छन् व्यवसायिक रुपमा तरकारी खेति गर्दै आएका कुमाख–२ का अर्का किसान काँसिराम रावतले पनि आफुले बारीमा लगाएको टमाटर, सिमी, काक्रा र बोडीमा व्यापक रुपमा क्षेति पु¥याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

<