रविभवन दुर्घटनाको पाठ : गल्ती नभएको सवारीलाई पनि कारवाही गरिरहने कि ऐनमा संशोधन गर्ने ?

‘ठूला सवारी’लाई नै कारवाही गरिरहने कि कसुर हेरेर न्याय दिने ?

Sitaram hachhetu
बैशाख २९, २०७७ ।

गत शुक्रबार काठमाडौंको रविभवनमा कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोरङको बेलबारी निवासी मोटरसाइकल चालकको मृत्यु भयो । दुर्घटनापछिको सामान्य प्रक्रिया अन्तर्गत नै प्रहरीले दुर्घटनामा संलग्न कार चालकलाई शुक्रबारदेखि नै आफ्नो नियन्त्रणमा राखेको छ ।

तर, रविभवन दुर्घटनाको सीसीटिभी फुटेज हेर्ने हो भने त्यहाँ कार चालकको भन्दा मोटरसाइकल चालककै गल्ती देखिन्छ । कलंकीबाट कालीमाटीतर्फ आइरहेको कारमा कालीमाटीबाट कलंकीतर्फ गइरहेको मोटरसाइकलले नियन्त्रण गुमाएर आफ्नो लेन नै छाडी अर्कै लेनमा पुगेर ठक्कर दिएको छ । ठक्करलगत्तै तीब्र गतिमा रहेको मोटरसाइकल क्षतविक्षत भएको देखिन्छ भने रोक्ने क्रममा कारसमेत सडक पेटीमा रहेको रेलिङमा ठोक्किन पुग्छ ।


दुर्घटनापछि भएको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको गति अत्याधिक तीब्र रहेको देखिन्छ । रविभावनकै एक गल्लीबाट एउटा मोटरसाइकल निस्किएपछि उक्त मोटरसाइकललाई छली अर्को लेनमा पुगेको मोटरसाइकल आफ्नो लेनमा फर्कनै सक्दैन । प्रहरीका अनुसार उक्त मोटरसाइकलको गति करिब ८० किलोमिटर प्रतिघण्टामा रहेको छ ।


 

दुर्घटनापछि भएको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको गति अत्याधिक तीब्र रहेको देखिन्छ । रविभावनकै एक गल्लीबाट एउटा मोटरसाइकल निस्किएपछि उक्त मोटरसाइकललाई छली अर्को लेनमा पुगेको मोटरसाइकल आफ्नो लेनमा फर्कनै सक्दैन । प्रहरीका अनुसार उक्त मोटरसाइकलको गति करिब ८० किलोमिटर प्रतिघण्टामा रहेको छ । मोटरसाइकलमा २०–२० किलोको २ झोला कुखुराको मासुसमेत रहेको कारण तीब्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रणसमेत गुमाउन पुगेका छन् । कारको गति करिब ५० किलोमिटर प्रतिघण्टा रहेको हुनसक्ने प्रहरीको अनुमान छ । तीब्र गति र लेन अनुशासन कायम गर्न नसक्दा उक्त दुर्घटना भएको सीसीटिभी फुटेजबाट बुझ्न सकिन्छ ।

तर दुर्घटनापछि कारचालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । कार चालक पनि अरु कोही नभएर नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल हुन् र उनी प्रहरीको हिरासतमा रहेका छन् । आइतबार मात्रै जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ र उनीमाथि अनुसन्धान भइरहेको छ । शुक्रबारबाट लागू हुने गरी दिइएको म्याद मंगलबार सकिँदै छ । त्यसपछि मंगलबार नै अदालतबाट थप समय माग गरी अनुसन्धान गर्दै उनीमाथि सवारी ज्यान मुद्दा दर्ता हुन सक्नेछ ।


दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन ठोक्किएर भएको दुर्घटनामा चार पाङ्ग्रे सवारी चालकको कसुर नै नदेखिएको अवस्थामा समेत दुई पाङ्ग्रे सवारी साधनमा भएको क्षति भराउने प्रचलन छ । मोटरसाइकल र कारबीच भएको दुर्घटनामा कार चालकको गल्ती नै नभए पनि मोटरसाइकल चालक घाइते छ भने उसको उपचार खर्चसमेत कार चालकबाट व्यहोर्न लगाउने परम्परा बनिसकेको छ ।


सामान्यतया कसुरदारले नै सजाय, जरिवाना वा क्षतिपूर्ति तिर्नुपर्ने भए पनि नेपालका सडकमा गुड्ने सवारी साधनमध्ये जुन ठूला सवारीसाधन छन्, त्यहीले सजाय, जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान रहेको छ । यद्यपि यो कानुनी प्रावधान नभएर प्रचलित प्रावधान मात्रै हो ।

अर्थात्, दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन ठोक्किएर भएको दुर्घटनामा चार पाङ्ग्रे सवारी चालकको कसुर नै नदेखिएको अवस्थामा समेत दुई पाङ्ग्रे सवारी साधनमा भएको क्षति भराउने प्रचलन छ । मोटरसाइकल र कारबीच भएको दुर्घटनामा कार चालकको गल्ती नै नभए पनि मोटरसाइकल चालक घाइते छ भने उसको उपचार खर्चसमेत कार चालकबाट व्यहोर्न लगाउने परम्परा बनिसकेको छ ।

यातायात व्यवस्था ऐनमा पनि स्पष्टरुपमा कसको गल्तीमा कसले कसरी सजाय पाउने, जरिवाना तिराउने र क्षतिपूर्ति दिलाउने भन्ने उल्लेख भएको छैन । जसको कारण कानुनीरुपमा अस्पष्टता हुँदा नेपालमा भने गल्ती नै नभएको अवस्थामा पनि ठूला सवारीसाधनले नै सजाय पाउने, जरिवाना तिर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने अवस्था विद्यमान रहेको छ ।

यातायात व्यवस्था ऐन २०४९ को संशोधन २०७५ को परिच्छेद १० मा सजायसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । ऐनको दफा १६१ मा ज्यान मरेमा हुने सजायबारे उल्लेख गरिएको छ । रविभवन दुर्घटनालाई सन्दर्भमा लिने हो भने पनि ऐनको दफा १६१ को उपदफा ३ आकर्षित हुने देखिन्छ ।


उपदफा ३ मा यस्तो लेखिएको छ :

(३) कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

ऐनलाई हेर्दा अब रविभवन दुर्घटनाका चालक शिखर जबराले १ वर्षसम्म कैद बस्नुपर्ने हुनसक्छ भने उनले २ हजार रुपैयाँ जरिवाना राज्यलाई बुझाउनुपर्छ ।

त्यतिमात्रै होइन, ऐनकै दफा १६३ मा सवारी दुर्घटनामा कसैको मृत्यु भएमा घाट खर्च, किरि  या खर्च र क्षतिपूर्ति पनि दिनुपर्ने उल्लेख गरिएको छ ।

ऐनको दफा ६३ मा यस्तो लेखिएको छ :

घाट खर्च, किरिया खर्च र क्षतीपूर्ति भराई दिने :

(१) सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई देहाय बमोजिम घाट खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनु पर्छ ः–

(क) ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई किरिया खर्च बापत पचास हजार रुपैयाँसम्म र क्षतिपूर्तिवापत् तेस्रो पक्षको बीमा नगराएको भए यस ऐन बमोजिम तेश्रो पक्षले पाउने दुर्घटना बीमाको  रकम ।

ऐनले के भन्न खोज्यो भने यदि पीडित पक्ष अर्थात् कसैको मृत्यु भएको अवस्थामा चालकले केही समय जेल पनि बस्नुप¥यो, घाट र किरिया खर्च पनि दिनुप¥यो र तेस्रो पक्ष बीमा नगरेको भए त्यसवापतको रकम पनि उपलब्ध गराउनु पर्यो ।

यसको मतलब ठूला सवारी साधन वा ‘पीडिक पक्ष’को कुनै गल्ती नै नभएमा पनि कानुनी भाषामा पीडक पक्षले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति र एक वर्षसम्म जेलसमेत बस्नुपर्ने गरी यातायात व्यवस्था ऐन चलिरहेको छ ।

किन यस्तो अभ्यास ?

दुर्घटनाका क्रममा चोटपटक लाग्दा सहानुभूति जाग्नु स्वाभाविक हो । कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा कार चालकको तुलनामा स्वाभाविक रुपमा मोटरसाइकल चालकलाई चोटपटकको जोखिम बढी हुन्छ । घाइतेको अवस्था, सडकमा बगेको रगत, आर्थिक अवस्था लगायतका विषयले मोटरसाइकल चालकले मानवीय सहानुभूति प्राप्त गर्दछ ।

कार चालकको कसुर नै नभए पनि उसको आर्थिक हैसियत, शारीरिक रुपमा चोटपटक मुक्त भएको अवस्था लगायतलाई ध्यानमा राखी मोटरसाइकल चालकप्रतिको सहानुभूतिस्वरुप उसको उपचार खर्च र मोटरसाइकल मर्मत खर्च तिराउन थालियो । ऐनमा जुनसुकै कुरा भए पनि व्यवहारिक रुपमा मोटरसाइकल चालकले सहानुभूति स्वरुप छुट पाउन थाले ।

सहानुभूतिले निम्त्याएको समस्या

यही अभ्यास र परम्परा बिस्तारै ठूलो समस्याका रुपमा देखा पर्न थालेको छ । ठूला सवारीसाधनसँगको ठक्करमा दुर्घटना भएमा मोटरसाइकल चालकको कसुरका बाबजुद ठूला सवारी साधनबाट उपचार खर्च, क्षतिपूर्ति, सवारी मर्मत खर्च तिराइने प्रचलनका कारण मोटरसाइकल चालकहरु सडक अनुशासन एवं ट्राफिक नियम पालनमा गम्भीर हुन छाडेका छन् । सवारी साधनहरुको बीच–बीचबाट ओभरटेक गर्दै अघि बढ्नु, लेन अनुशासन पालनामा लापरवाही गर्नु, तीव्र गति लगायतमा अत्यधिक मोटरसाइकल चालक अग्रसर पाइन्छन् । लेन अनुशासनका सम्बन्धमा पछिल्लो समय ट्राफिक कारवाही प्रभावकारी ढङ्गले भइरहे पनि ट्राफिक प्रहरीको आँखा छलेर लेन अनुशासन उल्लंघन गर्दै जथाभावी ओभरटेक गर्नेमा मोटरसाइकल चालक नै अग्रपंक्तिमा पर्दछन् ।


उपत्यकामा भएका दुर्घटनाका तथ्यांक केलाउने हो भने ७५ प्रतिशत दुर्घटनामा दुई पाङ्ग्रे सवारी साधन अर्थात् मोटरसाइकल तथा स्कुटी संलग्न रहेको पाइन्छ । दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि बढ्दो देखिन्छ । ट्राफिक प्रहरीमा उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९/७० मा ६ हजार २ सय १८ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएकोमा तिनमा सवार ५५ जनाको मृत्यु भएको थियो ।


परिणामस्वरुप काठमाडौं उपत्यकामा दैनिक सरदर १७ वटा मोटरसाइकल एवं स्कुटर दुर्घटना हुने गरेको छ । प्रत्येक साता दुईदेखि तीन जनासम्म मोटरसाइकल एवं स्कुटर चालक तथा तिनको पछाडि बस्ने यात्रुको मृत्यु हुने गरेको तथ्यांक छ ।

काठमाडौं उपत्यकामा ८ लाखभन्दा बढी मोटरसाइकल तथा स्कुटर छन् । यतिका संख्यामा रहेका दुईपाङ्ग्रे सवारी साधनलाई सडक अनुशासन र ट्राफिक नियमको दायरामा राम्ररी बाँध्न सकिएन भने त्यसले जुनसूकै बेला दुर्घटना निम्त्याउन सक्छ ।

पछिल्लो तथ्याङ्कअनुसार पिक आवरमा काठमाडौँको रत्नपार्क क्षेत्रमा प्रतिमिनेट सरदर १६९ वटा मोटरसाइकल गुड्ने गर्दछ भने कोटेश्वर चोकमा प्रतिमिनेट सरदर १२८ वटा मोटरसाइकल गुड्छ ।

सडकमा दुई पाङ्ग्रे सवारी साधनको संख्या बढी भएका कारण पनि सडक अनुशासनका लागि दुई पाङ्ग्रे सवारी साधनलाई नै बढी जवाफदेही बनाउनुपर्ने हो । यसो भन्दैमा ठूला सवारी साधनलाई उन्मुक्ति भन्ने होइन । ट्राफिक नियम र सवारी ऐनका आधारमा जो दोषी देखिन्छ उसलाई नै दण्ड, जरिवाना र सजायको व्यवस्था गर्नमात्र सके पनि सडक अनुशासन र ट्राफिक नियम पालनामा उत्साहप्रद सफलता मिल्न सक्छ ।

मानवीय क्षति बढ्दो

उपत्यकामा भएका दुर्घटनाका तथ्यांक केलाउने हो भने ७५ प्रतिशत दुर्घटनामा दुई पाङ्ग्रे सवारी साधन अर्थात् मोटरसाइकल तथा स्कुटी संलग्न रहेको पाइन्छ । दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि बढ्दो देखिन्छ । ट्राफिक प्रहरीमा उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९/७० मा ६ हजार २ सय १८ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएकोमा तिनमा सवार ५५ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा ३ हजार २४ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएकोमा तिनमा सवार ६५ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७१/७२ मा ३ हजार २ सय ५२ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएकोमा तिनमा सवार ५२ जनाको मृत्यु भएको तथ्यांक छ ।

यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ३ हजार ३ सय ७१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७५ जनाको मृत्यु, आर्थिक वर्ष २०७३/७४ मा ३ हजार ३ सय ४९ दुर्घटनामा ७७ जनाको मृत्यु, आर्थिक वर्ष २०७४/७५ मा ४ हजार ६५ दुर्घटनामा १ सय ११ जनाको मृत्यु र आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ५ सय ११ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा १ सय १५ जनाको मृत्यु भएको छ ।

जिम्मेवारीवोधको अभाव

सडकमा दुई पाङ्ग्रे सवारी साधनका चालकलाई सडक अनुशासन, ट्राफिक नियम पालनामा जिम्मेवारीवोध गराउन अति आवश्यक छ । जिम्मेवारीवोधको अभावमा लापरवाही बढ्छ । लापरवाही बढ्नु भनेकै दुर्घटना निम्त्याउनु हो ।

सडकमा सबैलाई जिम्मेवार र अनुशासित बनाउनका लागि कसुरको आधारमा दण्ड, जरिवाना र सजायको व्यवस्था गर्न आवश्यक हुन्छ । यसका लागि प्रहरी, प्रमुख जिल्ला अधिकारी र सरकारी वकिलको कार्यालयले समेत सामूहिक पहल गर्न आवश्यक हुन्छ । कहिलेकाहीँ तोडफोड, बन्द, हुलहुज्जत जस्ता गतिविधिका कारण पनि यी निकायले थप क्षति र जोखिम किन मोल्नु भनेर ठूला सवारी साधनबाटै क्षतिपूर्ति तिराइदिने गरेको पाइन्छ । जसले गर्दा दुईपाङ्ग्रे सवारी साधनका चालकले आफूलाई सडक अनुशासनमा जिम्मेवार तुल्याउने पहल नै गरेका हुँदैनन् ।

दुई पाङ्ग्रे सवारी साधन यातायातका लागि सहज भए पनि जोखिमपूर्ण मानिन्छ । सवारी साधनको भारसमेत चालककै नियन्त्रणमा रहनुपर्ने भएकाले पनि दुई पाङ्ग्रे सवारी चालकले बढी नै सतर्कता अपनाउनुपर्ने हुन्छ । यसअर्थ पनि यस्ता सवारी साधनको गति नियन्त्रण गर्न जरुरी देखिन्छ ।

सामान्यतया मोटरसाइकलको ब्रेक ५० किलोमिटर प्रतिघण्टाभन्दा तलको गतिमा मात्र राम्रोसँग काम गर्ने भएकाले पनि योभन्दा बढी गतिका साथ मोटरसाइकल तथा स्कुटर चलाउन नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ । १८ वर्ष पूरा भएपछि मात्र लाइसेन्सको व्यवस्था गर्ने, ट्राफिक शिक्षा एवं विशेष तालिमको व्यवस्था गर्ने जस्ता विधिबाट पनि चालकलाई जिम्मेवार बनाउन सकिन्छ ।

मुख्य कुरा, हामीले सडकमा जसको कसुर छ, उसले नै सजाय र क्षतिपूर्तिको भार व्यहोर्नु पर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सकेमा मात्र पनि धेरै हदसम्म सवारी दुर्घटना कम हुन सक्छ ।

ratopatibata

प्रतिक्रिया दिनुहोस

<