विप्लव समस्याबारे बहस स् के भन्छन् नेकपाका नेता

सन्देश अर्याल
चैत २८ गते, २०७५

काठमाडौं । गत फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मान्यता नदिएर अपराधीक समुह भन्दै सबै गतिविधिमाथि पूर्ण प्रतिबन्दको घोषणा गरेको छ । प्रतिबन्दसँगै सरकारले गतिविधि बन्देज लगाउँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ पनि गरिरहेको छ । हालसम्म मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ९सुदर्शन० सहितका दर्जनौभन्दा बढि केन्द्रिय स्तरका तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपाप्रति एकदमै आक्रामक रुपमा व्यवहार गरिरहेको छ । सरकार संवाद होइन, गलाएर ल्याउने योजनामा रहेको प्रष्टै देखिन्छ । यहीबीच सत्तारुढ नेकपाभित्र विप्लवप्रति गरिएको असहिष्णु व्यवहार प्रति गुनासो पनि सुनिदै आएको छ । सिके राउतसँग वार्तामा बसेको सरकारले विप्लवप्रति एकाएक देखाएको आक्रामक व्यवहारप्रति तत्कालिन नेकपा माओवादीका केहि नेता तथा तत्कालीन एमालेका केही नेताको असन्तुष्टी पनि सार्वजनिक भएका छन् । कतिपयले संवादबाट विप्लवलाई समेट्नु पर्नेमा जोड दिंदै आएका छन् । भने कतिपयले उनिहरुको ध्वांसात्मक क्रियाकलाप नियन्त्रणमा लिन कारबाही आवश्यक रहेको ठान्छन् ।

यो बीचमा सरकारले कुन शर्तमा विप्लवलाई वार्तामा ल्याउने भन्ने पनि दृविधा छ । विप्लव नेतृत्वको नेकपाले उठाएको मुद्दाको कारण सरकार अलमलिएको जस्तो देखिन्छ । यहाँ सत्तारुढ नेकपाले विप्लवप्रति देखाएको व्यवहार र अब कस्तो व्यवहार अपनाउँदा ठिक हुन्छ भनि नेकपाकै नेतालाई सोधिएको छ । विप्लव नेतृत्वको नेकपासँगको समस्यालाई कसरी समाधान गर्ने भनि नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनिल’, केन्द्रिय सदस्य दिनानाथ शर्मा, केन्द्रिय सदस्य महेश बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रतिक्रिया दिनुहोस

<