विकासको लागि भ्रष्टाचार नगरौँ

ठेगान : छत्रेश्वरी ६ लान्ती बजार सल्यान ।

देशमा भ्रष्टाचारका समाचारहरु टिभि चेनल र पत्र–पत्रिकाहरुमा पढ्दै जाँदा मूूल शिर्षकमै ठुलो टाईटलमा (अक्षरमा) भ्रटाचारको शब्दबाट एकबाट अर्काे नयाँ शैलिमा भ्रष्टाचार  हुने गरेका छन् ।

अतः विकासको मामिलामा संघीयताले यो मुलुकमा भएको गोलेटको कंसिगरलाई छेउ लगाउने काम सिकायो । अरु केहि देखिदैन । जनता झुक्याउन केवल तस्विर मात्र खिचेको छ । फुट्कर सडक विकासको नाममा दिन दुई गुणा रात चौ– गुणाले भ्रष्टाचार भैरहेको छ ।

यसरी मौलाउदै गएको भ्रष्टाचारको श्रृंखलाले जनता दिन दुःखी छन् । यो सरकारले भ्रष्टाचारीलाई हेर्ने नजरमा पट्टी बाधेको छ ।

पटक–पटक सरकार परिवर्तन भईरहने यो मुलुकमा विगतदेखि बर्तमान सम्म विकास र शान्तिको नाममा पिछडिएका जनतालाई गास, बास र कपासको ग्यारेन्टी दिने, यो देशको काचुली फेर्ने, राष्ट्रलाई स्वीजरलेण्ड र काठमाडौँलाई सिंगापुर बनाउने प्रोपोगाण्डा फिजाई देशको अर्थतन्त्र नै ध्वस्त हुने गरि विगतको धमिजा काण्ड, लुफताञ्जा काण्डा, लाउडा काण्ड र अहिलेको वाईडवडि काण्ड भईरहेका छन ।

यसरी देशमा ब्रह्मलुटको तछाड र मछाडको रबैयाले देशमा व्याप्त भ्रष्टाचार, घुसपैठ, हत्याहिंसा, बलत्कार, नारिहरुको शोसन, अशिक्षा, महंगी, श्रमजिबी जनताहरुको जिउधनको असुरक्षा, जातिय भाषा, वर्गिय सामन्त, पूजिबाद, नोकरसाह, रातो पासफोर्ट, नाताबाद, कृपाबाद, टेवुल मुनिको घुसपैठको चिठ्ठा, विशिस्ट ओहदाको प्रमाण पत्र, माफिया तन्त्र, कमिसन तन्त्र, तस्करी, अर्थतन्त्रमा अनियमितता जस्ता कुराहरुले प्रश्रय पाईरहेका छन् ।

यसरी आजको २१ औँ सताब्दीको पुर्वाध बर्तमान अवस्थामा यो नाङ्गो कुकृत्य रञ्जित क्रियाकलापको रबैयाले देश कंगाल भयो र विश्वको २५ औँ गरिव राष्ट्रमा नेपालको नाम दर्ज भयो ।

हामी यही अर्थमा बुझन सक्छौँ । आदरणीय मित्रहरु हो ! भष्टाचारिलाई खबरदारी गर्न टोल–टोल बस्ती–बस्तीबाट उठ्न ढीला नगरौं ।

मुख्य गरी हामी हाम्रो गाउँ क्षेत्रहरुमा हुने सडक निर्माण र योजनाका कामहरुमा बजेट अनुसार योजनाले पुर्णता पायो कि पाएन, काम गुणस्तरीय भयो की भएन निगरानी गर्न जरुरी छ । विशेष गरि स्थानीय स्तरमा बाटोघाटोमा एउटै शीर्षकको योजनामा घुमाई फिराई दोहोरो तेहरो बजेट पार्ने गरिएको छ ।

हाम्रै स्थानीय तहहरुमा पनि यसखालका गतिविधि भईरहेका छन् । यो कुरा जनताको लागि स्वीकार्य हुन सक्दैन र भईरहेको छैन । आगामी दिनमां योजना तर्जुमा गर्दा पारदर्शि ढगंले गरियोस् र बजेट विनियोजन पनि पारदर्शि ढगंले होओस्, हाम्रो अपेक्षा त्यहि नै हो ।

प्रतिक्रिया दिनुहोस

<