जाजरकोटमा पहिरो जाँदा ५ को शव भेटियो, ७ जना वेपत्ता

जाजरकोट, २६ असार ।
जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएर दुई घर बगाउँदा वेपत्ता मध्ये ५ जनाको शव भेटिएको छ, भने पहिरोमा ७ जना बेपत्ता भएका छन् ।

अहिले सम्म ५२ बषिय गोपाल सार्कि, ११ वर्षिय अर्जुन सार्कि, कुशे ९ चौताराका २० बर्षिय डिल्ली सार्कि, १८ बर्षका विरेन्द्र सार्कि र अर्का सनाखत हुन नसकेका एक जनाको शव फेला परेको जाजरकोटका पत्रकार बीर बहादुर गिरीले जानकारी दिए ।

गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल बर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा उक्त घटना भएको हो ।

अन्य ७ जना पहिरोमै पुरिएको आशंका गरिएको छ । पहिरोमा परि ५० बर्षिया पुष्पा सार्की, १३ बर्षिय छोरी लक्ष्मी सार्की बेपत्ता भएका छन् । उनको घर समेत पहिरोले पुरेको छ ।

त्यस्तै ३८ बर्षिया कलु सार्की सहित उनकी छोरीहरु १४ बर्षकि तिर्खा र ११ बर्षिया कमला तथा ६ बर्षका छोरा सुभास वेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । त्यस्तै १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की बेपत्ता भएको उनले बताए ।

बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले पहिरोले ठुलो मानवीय क्षति पुगेकोमा दुख्ख प्रकट गदै सवैलाई धर्यधारण गर्न र बेपत्ताको खोजी कार्यमा सघाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<