सल्यानमा २ सय १४ जनालाई क्वारेन्टाइनबाट घर फर्किए 

इन्द्र बुढाथोकी
सल्यान २७ जेष्ठ ।
भारतका विभिन्न ठाउँबाट आई क्वारेनटाइनमा बसेका बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाका  २ सय १४ जना क्वारेन्टाइन बाट घर फर्किएका छन् । जेठ ५ गतेदेखि क्वारेनटाइनमा बस्दै आइरहेका र पीसिआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ ।
 बनगाड कुपिण्डे नगरपालिकाको नव ज्योती माबी बाबियाचौरबाट ३५ जना, भेरी आधारभूत गरा बाट ४२ जना, जनता प्रावी आमखोलीबाट ८५ जना र कुमाख गाउपालिकाको नारायण माध्यमिक विद्यालय रुमाल गाउँबाट २ जना, गुरुदासे माध्यमिक विद्यालय बाट ९ जना, जनकल्याण माध्यमिक विद्यालय  बडागाउँ कोट बाट ११ जना, स्वरस्वती माध्यमिक विद्यालय  झारकाडा बाट ९ जना, भेरी माध्यमिक विद्यालय  टाट्के बाट १३ जना गरि जम्मा  २ सय १४ जना क्वारेन्टाइनमा बस्दै आइरहेका थिए । बनगाड कुपिण्डे नगरपालिकाले पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुन १ सय ६२ जनाको आरडिटी गरेर घर पठाएको छ ।
आरडिटी रिपोर्टमा एक जनाको सङ्कासपत  आएको कारण उसलाई पुन पिसिआर गरिने नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल जानकारी दिनु भएको छ ।
विदाइ कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुनले २ हप्ता सम्म होम क्वारेन्टाइन बसन आग्रह गर्नु भएको छ । साथै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा रहिराख्न आग्रह गर्नु भएको छ । गाउघरमा हुने कुनै प्रकारका गतिविधि नगर्न र कोरोना सम्बन्धि सबैले जनचेतनामूलक सन्देश दिन सबैमा अनुरोध गर्नु भएको छ । कोरोना नेगेटिभ आएकोलाइ प्रमाणपत्र समेत दिएको छ ।
 सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सय २४ दार्मागाउपालिकामा ९ जना, कुमाख गाउपालिकामा २ जना र कपुरकोट गाउपालिकामा १ जना गरि जम्मा १ सय ३६ जना कोरोना संक्रमित भएका छन ।

प्रतिक्रिया दिनुहोस

<