गुठिको जग्गामा गिद्धे नजर किन ?

नेपाल प्राकृतिक मात्रै होइन, साँस्कृतिक रुपमा पनि धनी देश हो । विभिन्न प्रकारका मठमन्दिर, पाटी पौवा लगायतका सार्वजनिक सम्पत्ति पहिले देखि संरक्षण गर्दै आएको अवस्था हो ।

तर पछिल्लो समय सार्वजनिक सम्पत्तिमाथि शक्तिमा हुनेहरुले नै गिद्धे नजर लगाईरहेका छन् । त्यसमा पनि सरकारले नै अब गुठिको जग्गा सरकार मातहतमा ल्याएर जग्गा दलालिका हातमा पु¥याउने डर हुन थालेको छ ।

सरकारले विक्री वितरण गर्नसक्ने नियम बनाउन पाउने हो भने सरकारी कर्मचारी र जग्गा दलालीहरुका लागि मोज बन्ने देखिन्छ भने सार्वजनिक सम्पत्ति मासिदै जानेछ । गुठिको जग्गामा अहिले सरकार मात्रै होइन, गुठि जग्गाका छिमेकीहरु समेतले गिद्धे नजर लगाउन थालेका छन् ।

चारैतिरबाट जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ ।
अहिले हाम्रो समाज र विशेष गरी शहरबजारमा सार्वजनिक र खुला ठाउँ नै भेट्न गाह्रो भईरहेको छ । यस्तो अवस्थामा तिनै गुठिक्षेत्र रहेको जग्गामा बनेका मठमन्दिर र धर्मशालाले केही राहत दिएका छन् ।

तर अहिले गुठको आम्दानी समेत घट्न थालेको छ । गुठिको जग्गा हजारौं रोपनी भएको सुनिन्छ, ता पनि अहिले आएर त्यसबारे खोजविन गर्ने निकाय नै देखिदैन । गुठिको जग्गामा सरकार मात्रै नभै स्थानीय बासिन्दाले समेत गिद्धे नजर लगाउन थालेको पाईन्छ ।

यसले गर्दा गुठिको जग्गा भनेको सरकारको जग्गा हो र यसलाई शक्तिमा हुनेहरुले जे पनि गर्न मिल्छ भन्ने कुराले नै विकृति विसंगति विकृति विसंगति निम्तिएको छ । कुनै पनि देशको धर्म, संस्कृति र परम्परा त्यो समाज र देशको पहिचान हो । आज हाम्रा पहिचानहरु संकटमा पर्न थालेका छन्् ।

मानिसहरु पैंंसाका पछि दौड्दा दौड्दा समाजका एकताका प्रतिक पनि ध्वस्त हुन थालेका छन् । हामीबीच आत्मियताको भावनामा कमि आउन थालेको छ । सरकारको अहिलेको रवैया कस्तो देखिएको छ भने कसैले मेरो जग्गा सार्वजनिक हितका निम्ति दान गर्छु भनेर दान गर्यो भने त्यसमा पनि अंकुश लगाउछ कि भनेर जनता तर्सिनेबेला भएको छ ।

अतः निष्कर्षमा भन्नुपर्दा गुठिको जग्गामा सरकारले हस्तक्षेप गर्नुहुदैन र अन्यलाई पनि हडप्न दिनुहुदैन । राज्यले यसको संरक्षणको नीति लिनुपर्छ । हाम्रा सांस्कृतिक धरोहरहरु बचाईराख्नुपर्छ । बरु क कसले गुठिको जग्गा मिचेर वा बेचेर खाएका छन्, तिनको खोजीनिति गर्नुपर्छ ।

सरकार फेरीराख्ने र उक्त सरकारले मनपरी निर्णय गर्नसक्ने भएकैले हाम्रा पुर्खाहरुले आजसम्म गुठिको जग्गा गुठिकै नियम अनुसार राख्ने गरेका हुन् । अहिले पनि देशका २६०० भन्दा बढि स्थानमा गुठि अन्तर्गत जग्गा वा मन्दिर रहेको अवस्था छ ।

त्यसैले जसले गुठिको प्रचलन शुरुवात गरेको भए पनि यी गुठिको आफ्नै महत्व छ । यीनलाई बचाईराख्नु हामी सवैको कर्तव्य हो । कसैले पनि गिद्धे नजर लगाउनु उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस

<