१२ औं राष्ट्रपति रनिङ शिल्डको विजेता नेरामावि

सुर्खेत, २८ चैत ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद सबैका लागि खेलकुद भन्ने मुल नारा तय गरिएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

२६ गतेबाट जारि रनिङ शिल्डको विजेता नेपाल राष्ट्रिय मावि डाँडा स्कुल विरेन्द्रनगर, ६ सुर्खेतले १३ स्वर्ण, ३ रजत ३ कास्य गरि १९ पदक प्राप्त गरि प्रथम भएको छ । त्यसै गरि द्वितिय विजेता शिखर मावि रामघाटले ९ स्वर्ण, ६ रजत, ६ कास्य प्राप्त गरेको छ भने तृतीय जन नमुना मावि सुर्खेतले ३ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरेको छ ।

सिम्ता गाउँपालिकाको भानु मावि वजेडिचौरमा २६ विद्याका खेलहरु सञ्चालन रहेको थियोे  । १३ औं राष्ट्रपति रनिङ शिल्ड भने बराहकाताल गाउँपालिकाको वडिचौरमा हुने जनाएको छ । अन्य स्थानीय तहले सञ्चालन गर्न नसकेको उक्त रनिङ शिल्ड यश अघि सञ्चालन गरेको भएता पनि पुनः सिम्ता गाउँपालिकाले सञ्चालन गर्ने जिम्मा लगे अनुसार त्यो सफलतापुर्वक सम्पन्न गरेको छ ।

अन्य कुनै स्थानीय तहले सञ्चालन गर्न नमानेको राष्ट्रपति रनिङ शिल्ड सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले हामी सक्छौं भनेका थिए । उक्त कुराको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि कलौनिले गाउँपालिका अध्यक्ष केसिको उच्च प्रसंसा गरेका थिए ।

२६ गते उद्घाटन सत्रको अवसरमा साँच्चिकै जनताको सेवक, निकै प्रतिष्ठित विकाशिल व्यक्तित्व र रनिङ शिल्ड आयोजना हुने स्थानको व्यस्थापकिय पाटोमा प्रदेश प्रमुख कलौनिले केसीलाई धन्यवाद समेत दिएका थिए ।सुर्खेतका विभिन्न स्थानीय तहका करिव ७६ वटा माविका १२ सय खेलाडी विद्यार्थीहरुको रनिङ शिल्डमा सहभागीता जनाएका थिए ।

आयोजक विद्यालय भानु माविले राष्ट्रपति रनिङ शिल्डमा उपस्थित रहेका सबै विद्यालयका सहभागी विद्यार्थीहरुको खानपिन,वसाइमा राम्रो व्यवस्थापन थियोे । समापन सत्रमा आयाजक विद्यालषका प्रअ, राजनीतिक दलका प्रतिनिधि,विभिन्न निकायमा सम्बध व्यक्तिहरुले आयोजक विद्यालय र सिम्ता गाउँपालिकालाइ विशेष धन्यवाद दिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि, कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र कुमार गिरि, एमाले प्रतिनिधि नेत्रलाल महतारा, नेपाली कांग्रेसकाका टेकबहादुर सिंह लगाएतका बक्ताले शुभकामना मन्तव्यसँगै धारणा राखेका थिए ।

समापन कार्यक्रमको सुरुवाती चरणमा भानु मावि वजेडिचौर सिम्ता सुर्खेतका प्रधानाध्यापक प्रेम थापाले रनिङ शिल्डमा सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद व्यक्त गरेका थिए ।

अतिथिहरुलाइ मायाको चिनारी (कोटको थुम्को) गाउँपालिका अध्यक्ष के.सी, उपाध्यक्ष चन्द्रकला शाहि र भानु माविका प्रधानाध्यापक प्रेम थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घ मल्लले प्रसंसा,कदर र सम्मान पत्र हस्तान्तरण गरेका थिए । राष्ट्रिय तथा स्थानीय कलाकार, स्थानीय झाँकी, वाजागाजाले राष्ट्रपति रनिङ शिल्डको समापनको दिनमा समेत मनोरञ्जन दिएका थिए । १२ औं राष्ट्रपति रनिङ शिल्डको सभा अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष मल्लको सभाअध्यक्ष र सञ्चालन सुन्दर मल्लले गरेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस

<