बनगाड कुपिण्डे कुपिण्डे नगरका ५ वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

इन्द्र बुढाथोकी
सल्यान २८, चैत ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा नभएका ५ वटा वडाहरुमा स्वास्थ्य इकाई स्थापना गरेको छ । स्वास्थ्य संस्था नभएका नगरका वडा नम्बर २ बामे डाडागाउ , वडा नम्बर ४ को गर्चे, वडा नम्बर ६ को सुनौली बजार,  ८  को बाबियाचौर र वडा नम्बर ११ आपचौरमा आधारभूत स्वास्थ्य इकाई स्थापना गरी तत्काल सेवा सुचारु गरेको नगर स्वास्थ्य  प्रमुख बासुदेव पोखरेलले  जानकारी दिनु भएको छ ।
आधारभुत स्वास्थ्य इकाईहरुमा कर्मचारी समेत राखिसकेको र कोरोना भाइरसको महामारीको समयमा नागरिकको स्वास्थ्यमा समेत औषधि उपचारमा सहजता हुने  नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ  । स्वास्थ्य संस्था नभएका स्थानका सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । यसअघि पुरानै वडा १, ३, ५, ७, ९, १० र १२ मा मात्रै स्वास्थ चौकीहरु रहेका थिए । अहिले बाँकी ५ वटा वडाहरुमा कर्मचारीसँगै आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<