प्रदेश ५ बाट कर्णाली प्रदेश प्रवेश गर्ने सल्यानका २ भित्री नाका बन्द

सल्यान २८, चैत ।

प्रदेश नम्वर ५ बाट कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानका २ भित्री नाकाहरु बन्द गरिएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर १ रिखेवजार, गोगने, गैरीकटेरी हुदैँ दाङ्गको चिराघाट जोड्ने र रिखेवजार, गोगने, कालापोखरा हुदैँ दाङ्गको खिलकपुर  नाका बन्द गरिएको हो ।

जिल्लाको कपुरकोट गाउपालिका स्थित कपुरकोट नाका कर्णाली प्रदेश भित्रिने मूख्य नाका हो । तर लकडाउनका कारण यस नाकाबाट अतिआबश्यक बाहेकका अन्य सवारीसाधनहरु सञ्चालनमा रोक लगाएपछि जिल्लाका दुई भित्री नाकाबाट सवारीसाधनहरु सञ्चालन भैरहेका छन् ।

सरकारले गरेको लकडाउनको पालना गर्न र आफुहरुमा असुरक्षित सहशुस भएपछि अहिले गैरीकटेरी डाँडा र कालापोखरामा पोइन्ट स्थापना गरेर बन्द गरिएको स्थानियले बताएका छन् ।

प्रहरी चौकी काभ्रा र स्थानिय यूवाहरुको सक्रियतामा नाका बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

<