वडा अध्यक्ष डागीले १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने ।

इन्द्र बुढाथोकी
सल्यान २७ चैत्र ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा १२ का अध्यक्षले आफ्नो एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने  बताउनु भएको छ ।   वडा अध्यक्ष गोविन्द डाङ्गिको नेतृत्वमा विपद् जोखिम न्युनिकरणका लागि राहत रकम जम्मा हुने गरी कोषखडा गरिएको छ भने अहिले राहत संकलन गर्ने कार्य चलिरहेको छ । कोषबाट उठेको र संकलन भएको रकम छिट्टै गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने वडा अध्यक्ष गोविन्द डाँगीले वताउनु भएको छ । अध्यक्षले  अन्य सदस्यहरुले पनि आफ्नो सक्दो सहयोग राहत कोषमा जम्मा गर्ने  बताउनु भएको छ ।
यस वडामा कोरोना रोकथाम तथा महामारीसँग जुट्न वडा अध्यक्षको संयोजकत्वमा विपद ब्यबस्थापन समिति समेत गठन गरिएको छ । निगालचुलाका टोलटोलमा विपत ब्यबस्थापन समिती गठन गरिने पनि अध्यक्ष डाँगीले जानकारी दिनु भएको छ । राहतको लागि विपन्न वर्गको छनौट गर्ने क्रम चलिरहेको छ । राहत कोषमा हाल सम्म ५७ हजार रुपैँया संकलन भएको छ । साथै वडामा कोरोना भाइरसको रोकथामको लागी आमवडावासीलाई सचेतिकरण गर्ने क्रम चलिरहेको छ । यस नगरका बिभिन्न वडाहरुमा पनि बिपद् ब्यबस्थापन समिती गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<