सिद्ध कुमाख गाउपालिकामा २ सय ४५ घरपरिवारलाई राहत वितरण गरिने

सल्यानको सिद्धकुमाख गाउपालिकाले पनि गाउँपालीका भित्रका बिपन्न घरपरिवारलाई राहत वितरण गर्ने कार्यलाई अगाडि बढाएको छ ।

कोरोना भाइरसले गर्दा,सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका बिपन्न घर परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको संन्त्रास संगै गाउँपालिकाले गाउँपालिका भित्रमा क्वारेन्टाइनको समेत स्थापना गरेको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिएका छ्न ।

निराजन मा।बि ढोरचौरमा स्थापना गरिएको २५ जना क्षमताको क्वारेन्टाइनमा,बिरामीहरुको लागी भनेर ईन्टरनेट,खानेपानी, सुरक्षाको समेत ब्यवस्था गरिएको अध्यक्ष चलाउनेले बताए उनले,गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुका लागी, ३० सेट पिपिई बितरण गरि सकिएको र गाउँपालिका भित्रका करिव २४५ बिपन्न परिवारलाई राहत बितरण गरिने बताएका छ्न । बिहिवार गाउपालिकाको वडा नम्बर २ का ३६ घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष रुद्र बहादुर बुढाथोकीले जानकारी दिए ।

संघीय सरकारको कार्यबिधिलाई अवलम्बन गरेर, गाउपालिकाले तयार पारेको कार्यबिधिका आधारमा प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ पोका नुन र २ किलो दाल राहत स्वरुप बितरण गरिएको जानकारी दिएका छ्न । बुढाथोकीले कोरोना भाइरसबाट बच्नको लागी सजक बन्न वडावासी लाई आग्रह गर्दै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैमा आफुहरुले आग्रह गरेको बताएका छन् ।

diyoonline

प्रतिक्रिया दिनुहोस

<