भारतमा कोरोनाको माहामारी भयावह बन्दै : एकैदिन ४८ काे मृ’त्यु !

काठमाडौं, २८ चैत । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसकाे संक्रमण भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृ’त्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

अहिलेसम्म भारतमा २२६ जनाको मृ’त्यु भएको छ भने ६ हजार ७२५ संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोकाे अनुसार बिहीबार मात्रै भारतमा ४८ जनाको मृ’त्यु भएको छ भने ८०९ जना नयाँ संक्रमित भेटिएका छन् ।

बिहीबार बिहानसम्म भारतमा मृ’त्यु हुनेको संख्या १७८ थियाे । संक्रमित हुनेकाे संख्या भने ५ हजार ९१६ थियाे ।

यता संक्रमितकाे संख्या पनि दिनहुँ बढिरहेकाे पाइन्छ । बुधबार मात्रै भारतमा ६०५ जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबारसम्म संक्रमितकाे संख्या ५ हजार ३११ थियो ।

भारतमा कुल संक्रमितमध्ये ६२० जना उपचारपछि निको भएका छन् । बाँकी ५ हजार ८७९ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण भारतमा एक डाक्टरको समेत ज्या’न गएको छ । बिहीबार विहान ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

npkhabar24.com

प्रतिक्रिया दिनुहोस

<