यसो गरे कसो होला सरकार ?

अहिले कोरोना भाईरसको संक्रमण विश्वका २१० वटा देशमा फैलिसकेको छ । संसारका ठूूला र शक्तिशालि देशहरुमा समेत हाहाकार मच्चिएको छ । नेपालमा हालसम्म नफैलियोस भनेर सजगता अपनाईएको मात्र छ र खासै फैलिसकेको पनि छैन । तर यो महामारी महिनौसम्म लम्बिना पनि सक्छ । संसारका धेरै देशहरुमा लकडाउन गरेको अवस्था अहिले छ । करीब एक लाखको हाराहारीमा मानिस मरिसकेका छन् भने करीब १६लाख मानिसहरु संक्रमित छन् । महामारीबाट दिनहुु मान्छे मर्ने क्रम बढेको बढ्यै छ । यस्तो अवस्थामा ठूूला र शक्तिशाली राष्ट्रहरुले ६ महिना र उस्तै परे वर्षभर नै लकडाउन गरेर पनि जनता भोकले मर्न दिदैनन् । तर हाम्रो जस्तो देशमा ३ महिनासम्म मात्रै लकडाउन गर्ने हो भने जनता भोकभोकै मर्ने स्थिति आउदैछ । अतः नेपाल सरकारले केही न केही आइडिया लगाउनैपर्दछ ।

नेपाल हिजो पनि कृषि प्रधान देश हो र आज पनि कृषि प्रधान देश नै हो । कृषिमा धेरै मानिसहरुले काम पाउने र धेरै नागरिकहरुले केही न केही उत्पादन गर्न सक्ने अवस्था छ । सरकारले जनतालाई जति सक्छौ उत्पादन गर, बजारको व्यवस्था हामी गर्छौ मात्रै भन्ने हो भने जनताले प्रशस्त उत्पादन गर्न सक्छन् । उत्पादन खाद्यान्न मात्रै होइन, फलफूूल, तरकारी, जुुस् लगायत सवै प्रकारको खाद्य बस्तुु उत्पादन गर्न सक्छन् । खाद्य वस्तुु मात्रै होइन, नेपालमा उत्पादन गर्न नसक्ने भनेको इन्धन, खनिज लगायतका केही वस्तुुहरु मात्रै हो । निर्माण, सेवा लगायत सवै क्षेत्रमा देश आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । भारत, चीन लगायत बाह्य देशको उत्पादनसित प्रतिश्पर्धा गर्न नसकेरै नेपाली उत्पादन विस्थापित भएको हो ।

अतः प्रत्येक नागरिकलाई सर्वप्रथम आफ्नै जग्गामा या सरकारले नै भाडामा जग्गा व्यवस्था गरिदिएर कृषि उत्पादनक्षेत्रमा लगाउने हो भने मात्रै पनि देश आत्मनिर्भर हुुन्छ । संगसंगै अन्य निर्माण तथा सेवाक्षेत्रमा पनि नागरिकहरु सक्षम भैसकेका छन् ।

शिक्षाका लागि सरकारले पाठ्यक्रम उपलब्ध गराईदिने र सम्भव भएजति अनलाईनबाटै पढाउने र परीक्षा गराउने गर्दा हुुन्छ । अनलाईनको पहुुुँचमा नहुनेलाई गाउँ गाउँमा भएका शिक्षकहरुको सहयोगमा पढाउन सकिन्छ । धेरै हुलहाल र भिडभाड् नगरी टोलटोलमा भएका शिक्षकहरुले पढाउने हो भने शिक्षा समेत हाँसिल गर्न सक्ने अवस्था रहन्छ । धेरैलाई लाग्न सक्छ, अफ्ठयारा विषयहरु जस्तो कि विज्ञान, गणित र अंग्रेजी जस्ता विषय कसरी सम्भव छ भन्नुुहोला, तर विद्यालयमा व्यवस्थापन गरेकै शिक्षकहरुलाई व्यवस्थापन गर्न सकिन्छ । अथवा ति विषयको लागि दक्ष जनशक्ति अनलाईन परीक्षा गराएर सरकारले सम्बन्धित ठाउँमा तुुरुन्तै खटाउन पनि सक्छ ।

अनि हजारौं यातायात व्यवसायीले कसरी गुजारा गर्ने भन्ने प्रश्न उठ्न सक्छ, यो कठिन परिस्थितिमा सम्पूूर्ण व्यवस्थापन राज्यले नै गरिदिनुुपर्छ । केही महिनापछि जनताले उत्पादनको क्षेत्रबाट कमाउन थालिसक्छन् । उत्पादित वस्तुु संकलन गर्ने र सम्बन्धित क्षेत्रमा पुुर्याउने भनेको सानो कुुरा होइन, त्यो कामका लागि कुुनै रोबोट ल्याउने भनेको होइन, भिडभाड र हुलहाल नगरी राज्यको निगरानीमा सवै जनशक्ति परिचालन गर्नुपर्दछ । किसानका घरबाटै वा टोलटोलबाटै राज्यले उत्पादित वस्तु उठाएर आवश्यक भएको बजारमा पठाउने व्यवस्था मिलाउने हो भने सवै प्रकारको भ्रष्टाचार पनि अन्त्य हुुन्छ । राज्यले जिम्मा लिनवित्तिकै मानिसहरुले सात पुुस्तालाई पुुग्ने सम्पत्ति थुुपार्दैनन् । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सवै कुुराहरु राज्यले जिम्मा लिनुुपर्छ ।

अनि होटेल, व्यापार लगायतका जम्मै व्यबशाय के गर्ने भन्ने प्रश्न उठ्न सक्छ । जसको जे सीप र व्यबशाय छ, तिनीहरुलाई अनुुकुल हुुने किसिमको काममा नै राज्यले सघाउन सक्छ ।तर कुुरा के हो भने केही समयको लागि अनावश्यक घुुमफिर र भ्रमणजति पुुरै रद्ध हुुन्छन् । केही महिना वा वर्षका लागि देशलाई त्यहि किसिमबाट अगाडि बढाउनुृुपर्ने हुुन्छ ।

धेरैलाई लाग्न सक्छ, कोही मानिसहरु अर्वपति छन् र कोही मानिस कंगाल छन्, अनि कसरी राज्यले सवै नियन्त्रणमा लिन सक्छ ? तर एउटा कुुरा के हो भने सम्पत्तिको स्वामित्व नागरिककै जिम्मामा राख्नुुपर्ने हुुन्छ । यातायातका साधन, जग्गा वा घर सवै राज्यले भाडामा लिएर जनतालाई राहत दिनुुपर्ने हुुन्छ ।

फेरी प्रश्न उठ्न सक्छ निजी सम्पत्ति थुुपार्न नपाईने भए त किन मेहनत गर्नुु ? यस विषयमा भने राज्य केही कठोर बन्नै पर्दछ । पुुस्तौ पुुस्तालाई पुुग्ने सम्पत्ति थुुपारेर अब आफ्ना सन्तानले केही दुुख नगरी खानुुपर्छ भन्ने मान्यता राख्नेहरुलाई राज्यले दिने सुविधाहरु कटौती गर्नुुुपर्ने हुुन्छ । मानिसले प्राकृतिक न्याय पनि पाउनुुपर्दछ । एउटै समुुदायमा कोही अर्वपति र कोही हरिकंगाल बन्ने स्थिति आउनुुहुुदैन र ल्याउनुुहुुदैन ।

अतः कठिन परिस्थितिमा जनताको ऋण, धन सवै राज्यको नियन्त्रणमा ल्याउने र उत्पादित बस्तुलाई देशभर र सवै नागरिकहरुको उपभोगका लागि पुुर्याउने हो भने नेपाल संसारको स्वर्ग बन्दछ । जसरी अहिले लकडाउनको नियम पालना गरेका छन्, त्यसैगरी नागरिकहरुले राज्यको नियम पालना गर्दछन् । तर राज्य नियन्त्रित व्यवस्थामा कोही गासबासै नभएर सडकमा पुुग्ने र कोही अर्वपति भएर भोगविलासमा मात्रै लिप्त हुुने व्यवस्था भने रहदैन ।

पूजिपति वर्गले यस कुुरालाई सजिलै स्वीकार नगर्न सक्दछन् ता पनि गरिब, निम्न र मध्यम वर्ग एकातिर भयो भने पूजिपति वर्गले पनि त्यो कुुरा मान्न बाद्य हुुन्छ । यदि यस कुुरालाई राज्य सञ्चालकहरुले बुुझेर सहिरुपमा परिचालन गर्ने आँट बनाउने हो भने जनताको एउटा आँधिबेहरीले नै ऐतिहासिक परिवर्तन सम्भव छ । त्यो आँधिबेहरी राज्यकै निकायको बलमा ल्याईनुुपर्छ र त्यसप्रकारका व्यक्तिहरुको सरकारमा बाहुुल्यता हुुनुपर्छ ।

कतिपय देशि विदेशी शक्तिहरुले चलखेल गर्न सक्छन् र निरंकुश व्यवस्था भयो भनेर षडयन्त्र गर्न सक्छन्, तर एउटा निश्चित समयको लागि गरेको व्यवस्था हो भनेर सरकारमा बस्नेहरुले अन्तराष्ट्रिय समुदायलाई स्पष्ट पार्नुुपर्दछ । केही वर्षपछि पुनः निर्वाचनको माध्यमबाट मुलुकलाई जनताले दिएको मत अनुुसार चलाउने गरी संकटको घडिमा यसप्रकारको व्यवस्था आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

<