ईलाका प्रहरी कार्यालय सल्लीबजारको भवन अलपत्र निर्माण व्यवसायी सम्पर्क बिहिन

सल्यान, २७ माघ ।
पश्चिम बनगाड कुपिण्डे नगरपालिका ईलाका प्रहरी कार्यालय सल्लीबजारको भवन अलपत्र अवस्थामा रहेको छ । ४ महिना देखि काम गर्ने जिम्मेवारी लगेको निर्माण कम्पनी देव सिं निर्माण सेवा प्रा.ली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर अहिले सम्पर्क बिहिन अवस्था रहेका छन र उनको मोबाइल समेत सुइच अफ गरिएको छ ।

अढाई तलाको १६ कोठे भवनको लागि कर्णाली प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पैतीस रुपैयाको वजेट विनीयोजन गरिएको थियो ।

निर्माण व्यवसायी कृष्ण वहादुर स्वार र जिल्ला प्रहरी कार्यालय सल्यान विच मिती २०७६ जेष्ठ २४ गते सम्झौता भइ २०७७ जेठ २३ गते काम सम्पन्न गर्ने भनेर सम्झौता भएको थियो । काम गर्ने सम्झौता भएको ८ महिना विति सक्दा समेत निर्माण कार्य शुन्य भएको छ ।

 

उक्त क्षेत्रमा( ख) वर्गको प्रहरी चौकी हुदा त्यहाका जनतालाइ विभिन्न प्रकृतिका घटना हुदा कानुनी प्रक्रियामा समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयलाई खबर गर्नुपर्ने अवस्था रहेको छ ।

नया बन्ने भबनमा इलाका प्रहरी कार्यालय सल्लीवजारको कार्यालय ,व्यारेक, भवन, मेस, शौचालय तथा स्नान गृह लगाएतका संरचमा निर्माण हुने भनिएको थियोे ।

भवन निर्माणको कामको जिम्मा लगेका देवसिह निर्माण कम्पनी प्रा लि का प्रो प्राइटर कृष्ण बहादुर स्वारले पहिले एक वर्ष भित्र भवन निर्माणको काम सक्ने बताए पनि २ महिना काम गरे पनि अहिले ४ महिना देखि सम्पर्क बिहिन अवस्थामा छन ।
विगत लामो समय देखि इप्रका असुरक्षित अवस्थामा कार्यालय सञ्चालन हुँदै आएको छ । अहिले सम्म भवन नहुदाँ जिर्ण घरमा भाडा तीरेर प्रहरीले सल्यान पश्चिमका नागरिकको जनधनको सुरक्षा गर्दै आएको छ ।

आफु असुरक्षित आवस्थामा भए पनि प्रहरिले नागरिकको सुरक्षा प्रति वफादार भएर काम गरिरहेको इलाका प्रहरि कार्यालय सल्लीवजारका ईन्चार्ज प्रेम बोहराले जानकारि दिएका छन । काम समयमा सम्पन्न नहुदा यो वर्ष पनि वर्षाको समयमा चुहिने जिर्ण अवस्थाको भवनमा बसेर सेवा दिनु पर्ने अवस्था भएको छ ।

प्रतिक्रिया दिनुहोस

<