कामदारले पिर्काले हानेर पूर्वसचिव पत्नीको हत्या गरेको आशंका हत्यापछि आत्महत्या देखियो ः प्रहरी

काठमाडौं, २७ माघ ।
ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो ।

मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । ‘प्रारम्भिक अनुसन्धानले पूर्वसचिवज्यूको मेडमलाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ’, ती अधिकृतले भने ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पु¥याएको थियो । तर, चिकित्सकले केहीबेर अघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ । ‘अहिले मुचुल्का गर्दैछौं’, ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।

प्रतिक्रिया दिनुहोस

<