महोत्सबको तयारी तिब्र

माघ २६, सल्यान ।

उद्योग बाणिज्य संघ सल्यानले प्रादेशिक महोत्सबको तयारी लाई तिब्र पारेको छ ।  सल्यान उद्योग बाणिज्य संघ सल्यानको मुख्य आयोजनामा यहि माघ २९ गते देखी फागुन ११ गते सम्म संचालन हुन लागेको प्रादेशिक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ को तयारी  तिब्र पारेको छ ।
महोत्सबमा सल्यान जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार, यस क्षेत्रमा उत्पादित बस्तुहरुको बिशेष प्रर्दशनी, जातिय प्रचार प्रसार झल्काउने सांस्कृति तथा झाँकीहरुको प्रर्दशनि हुने आयोजकले जनाएको छ । महोत्सबलाई ब्यबस्थित तथा स्तरिय बनाउनको लागी बिभिन्न समिति तथा उपसमिति बनाएर कामहरु भइरहेको जनाएको छ ।
महोत्सबमा दर्शक मनोरन्जनका लागी स्थानिय तथा राष्ट्रीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ । २०० वटा स्टलहरु रहने महोत्सब लाई करिब १ लाख दर्शकले अबलोकन गर्ने र करिब ५ करोडको कारोबारो हुने अनुमान गरिएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ र शारदा नगरपालिका आयोजक रहेका छन भने जिल्लाका ९ वटा स्थानिय तहहरु सह–आयोजकको रुपमा आबद्ध भएका छन ।
करिब ११ दिन सम्म चल्ने महोत्सब लाई मुख्य प्रयोजक ग्लोबल आइएमई बैकले गरेको छ भने कृषि बिकास क्षेत्र बिकास कार्यक्रम,आईफाड र बजाजले बिशेष प्रायोजक गरेको संघका महासचिब भरत बस्नेतले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश, भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश, उद्योग पर्यटन बन, तथा बाताबरण मन्त्रालय कर्णाली प्रदेश र नेपाल पर्यटन बोर्ड प्रर्बद्धकका रुपमा रहेका छन । महोत्सबको उदघाटन कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहिले गर्नेछन  ।

प्रतिक्रिया दिनुहोस

<