यस्ता छन् कालिमाटी गाउँपालिकाका चालु आर्थिक वर्षका योजना

 

सल्यानको पश्चिम दक्षिण क्षेत्रमा रहेको कालिमाटी गाउँपालिका भौगोलिक हिसावले जिल्लाकै ठूलो गाउँपालिका हो । सञ्चारको दृष्टिकोणबाट जिल्लामा कमै मात्र पहुँच भएको कालिमाटी गाउँपालिकामा विकासका योजनाहरु भने अरु गाउँपालिकाहरुको भन्दा कम देखिदैनन् । आन्तरिक आय बार्षिक डेढ करोड भन्दा बढी नै भएको बताउने गाउँपालिकाले यस वर्ष सडक, विद्युत र गाउँपालिका तथा वडा कार्यालयहरु निर्माणलाई जोड दिएको देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओलीका अनुसार प्रदेश, केन्द्र र स्थानीय सरकारको सम्पुरक बजेट, विशेष अनुुदान बजेट र अन्य बजेट समेत परिचालन गरी विकास निर्माणमा लगाइएको बताएका छन् । उनका अनुसार यस चालु आ.ब.का योजनाहरु निम्न अनुसार छन् ।

 विजयनेटा, दानीगौंरा, सेतीखोला विद्युत विस्तार योजना अन्तर्गत एक करोड ३३ लाख बजेटको सम्झौता समेत भैसकेको र अब काम अगाडि बढ्न थालेको । यसबाट वडा नं. २ र ३ का बासिन्दा लाभान्वित हुने ।

 गा.पा.को प्रशासकीय भवनका लागि स्थानीय १३–१४ जना मिलेर पाँच रोपनी जग्गा समेत निशुल्क दान गरेपछि निर्माण स्थलको टुंगो लागेको र डि.पि.आर. समेत भई काम शुुरु हुने चरणमा पुगेको । चालु आ.ब.मा तीन करोड ५५ लाख विनियोजित । बहुर्षिय योजना अन्तर्गत रहेकोमा कुल बजेट ९ करोड खर्च हुने गरी डि.पि.आर भएको । यसका लागि नेपाल सरकार र स्थानीय सरकारको संयुक्त लगानि रहने । विशेष गरी संघीय सरकारको समपुरक बजेट र गाउँपालिकाकै बजेटबाट यसको काम अगाडि बढेको ।

 ढेढ करोड बजेटमा छापडाँडा खानेपानी तथा सरसफाई योजना अगाडि बढेको । संघीय सरकारको विशेष अनुुदान रकमबाट उक्त योजना सम्पन्न गरिने र वडा नं. १ र ४ का घरधुरीलाई लक्षित गरी घरघरमा धारा पुर्याउने योजना रहेको ।

 हात्तिदमार दमदवाली मा लिफ्ट खानेपानी आयोजना निर्माण हुन थालेको । वडा नं. ५ लाई लक्षित गरी दुई करोड लगानीमा खानेपानीको योजना निर्माण हुने । जम्मा दूई करोडमध्ये एक करोड २४ लाख गाउँपालिका र ७६ लाख कर्णाली प्रदेश सरकारबाट अनुदान दिइने ।

 गाउँपालिकाको आफ्नै लगानिमा वडा नं. २ र ३ लाई लक्षित गरी मर्चेबारी टाट्के घुम्ति खानेपानी आयोजना शुरु हुदै । रु. ७५ लाख बजेट विनियोजन भई निर्माण कार्य हुन थालेको । यसै आ.ब.मा काम सक्ने गरी सम्झौता भैसकेको र अब काम गर्ने तयारीमा रहेको ।

 वडा कार्यालय निर्माणका लागि वडा नं. १,२,३ र ६ मा बजेट विनियोजन भएको । प्रति वडा रु.८५ लाख खर्च हुने र यसै आ.ब.मा काम सक्ने लक्ष्य रहेको ।

 वडा नं. ६ र ७ लाई लक्षित गरी भैसिदमार–देउराली–हात्तिढुंगा सडक निर्माण आयोजनाका लागि प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको रु. ५० लाख बजेट गरी एक करोड १० लाख बजेट विनियोजन भएको । उक्त समपूरक बजेटबाट काम सम्पन्न गर्ने लक्ष रहेको ।

 वडा नं. ३ र २ लाई लक्षित गरी फारुला– पैंयाचौर –किमिरे– सेतीखोला सडक निर्माणका लागि ५० लाख बजेट विनियोजन भएको । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत उक्त काम भईरहेको । यसअघि संसद विकास कोषको रुपमा रहने बजेट नै अहिले साझेदारी विकास कार्यक्रम अन्तर्गत रहेको । यस प्रकारको बजेट जिल्लाका विभिन्न स्थानमा खर्च गर्ने गरी विनियोजन भएको संघीय संसद टेक बहादुुर बस्नेतले जिल्लाका सवै सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

 वडा नं. २, ४ र ६ मा वडा स्तरीय स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि प्रति वडा ३८ लाख बजेट विनियोजन भएको । वहुवर्षीय योजना अन्तर्गत यसलाई राखिएको ।

 यसै आ.ब.मा गाउँपालिका क्षेत्रमा २ वटा झोलुंगे पुल निर्माण गरिने । पुलका लागि उपभोक्ता, गाउपालिका र अन्य क्षेत्रको समेत सहकार्य हुने ।

गाउँपालिका क्षेत्रमा रहेका विभिन्न विद्यालयमा भवन निर्माणका लागि समेत केही बढी नै बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । जस अनुसार–

 

 वडा नं. ६ मा रहेको ने.रा.प्रा.वि. शितलपुरमा ६ कोठे भवन निर्माणका लागि ४८ लाख बजेट विनियोजन भएको ।

\
 वडा नं. ३ मा रहेको ने.रा. नि.मा.वि. ढोरेनीमा ४ कोठे भवनका लागि ३२ लाख विनियोजन भएको ।

 वडा नं. १ मा रहेको कालिका प्रा.वि. झिंगौटेमा ४ कोठे भवनका लागि ३२ लाख विनियोजन भएको ।

 वडा नं. ४ सुकेतालमा रहेको ज्ञानज्योतिमा.वि. मा २ कोठे भवनका लागि १६ लाख बजेट विनियोजन भएको ।

 वडा नं. २ घुरचौरमा रहेको ने.रा. प्रा.वि. को २ कोठे भवन निर्माणका लागि १६ लाख बजेट विनियोजन भएको ।

 

यसरी शिक्षा, स्वास्थ्य र प्रशासकीय भवन निर्माण गर्नुपर्ने, सडक एबं विद्युत विस्तार लगायतका कामहरुलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था भएता पनि दक्ष जनशक्ति र कर्मचारीको अभावमा केही समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओलीले बताएका छन् ।

समयमै लोकसेवाबाट कर्मचारी माग नगरेका कारण कर्मचारी उपलब्ध हुन नसकेको उनले जानकारी दिए । त्यसैगरी गाउँपालिकामा रहेका अन्य समस्या अन्तर्गत विद्युत विस्तार नभैसकेको र ठूलो भूभाग रहेकोले गर्नुपर्ने र हुनुुपर्ने जति काम नभएको समेत उनले जानकारी दिए ।

त्यसैगरी सञ्चार क्षेत्रमा सल्यान भन्दा बाहिरैका सञ्चारमाध्यममा भर पर्नुपर्ने अवस्था रहेको जनप्रतिनिधि, स्थानीयबासी र कर्मचारीहरु समेतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

<