सल्यानमा पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु परिवर्तन अनुकुलन कार्यक्रम सञ्चालन


सल्यान, २४ मंसिर ।
सल्यान, दोलखा र अछाममा पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु परिवर्तन अनुकुलन कार्यक्रम सञ्चालन भएको छ । मध्य तथा उच्च पहाडी क्षेत्रको वनक्षयीकरण र ह्रास भएको चरणभूमीको पुनरुत्थान गर्न कार्यक्रम लागु भएको हो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, विश्व वातावरण कोष तथा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको संयुक्त तत्वावधनामा सञ्चालित आयोजना तिनवर्ष सम्म सञ्चालन हुने छ ।

यो कार्यक्रम नमूनाको रुपमा प्रयोग गरिने यसलाई सिकाईको रुपमा लिएर अन्य क्षेत्रमा विस्तार गरिने पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यक्रम प्रवन्धक टोपवहादुर खत्रीले वताए ।

उनका अनुसार वन र चरिचरणको समाजिक आर्थिक तथा जैविक विविधताको क्षेत्रगत स्थितिको सूचना संकलन पहिचाहन गरी समुदायको सहभागितामा खडेरी रभारी वर्षाको समयमा माटोको संरक्षण तथा पानीको उपलब्धता वढाउने अनुकुलन कार्यक्रम सञ्चालन, स्थानीय समुदायहरुको संगको सहकार्यमा आर्थिक लाभका लागि वन चरिचरण तथा कृषि प्रणालीमा आधारित समुदायको जीविकोपार्जन सुधारका योजनाहरु कार्यान्वयन गरिने छ ।

जलवायू परिवर्तन तथा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन विज्ञ केशव खनालले वनवातावरणलाई संरक्षण उपयोग सहभागि वनाएर जलवायु अनुकुलन विविध कार्यमा सहभागि वनाईने वताए । उनका अनुसार वनवातावरणको दिगो उपयोग गरी जिविकोपार्जनमा सुधार ल्याईने छ ।

कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि स्थानीय तहले सहयोग गर्ने वनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले वताए ।
सल्यान सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी कार्यक्रम सञ्चालन हुने वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिका सल्यानका जनप्रतीनिधी र कर्मचारी संग अन्तरक्रिया कार्यक्रम गरी यस्तो जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

<