सल्यानमा सामुदायिक वन दिवस विविध कार्यक्रम गरी मनाइयो

सल्यान, २५ साउन ।
‘समृद्धिका लागि सामुदायिक वन, ‘उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ सल्यानमा सामुदायिक वन दिवस मनाइएको छ ।

वि.स. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्रलाई स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाउँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ सल्यानले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्यमा आवश्यक मापदण्ड पालना गरी कार्यक्रम गरिएको सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष सरिता हमालले बताइन् ।

फेकोफन सल्यानले चन्द्रपाला पिकनिक पार्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले स्थापनाकालदेखिको अवधिमा सामुदायिक वन अभियानले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको बताउँदै उनले वन संरक्षण संवद्र्धन र सदुपयोगमा पनि पहल गर्दै आएको जानकारी दिए ।

यसवर्ष “समृद्धिका लागि सामुदायिक वन , उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान” भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाउन लागिएको छ ।

अध्यक्ष शर्माले भने, “सामुदायिक वन उपभोक्ता समूहले आफनो स्थापनादेखि नै गरेको सङ्घर्ष बलिदानीका कारण ३९ प्रतिशत रहेको वन क्षेत्र आज ४४.७४ प्रतिशतमा पुगेको छ, यो आन्दोलन अभियान र पैरवीको कारणले नै आज सामुदायिक वनको देशव्यापी विस्तार सम्भव भएको हो ।

यसैको परिणामस्वरुप जैविक विविधताको संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो योगदान पुगेको छ ।” डिभिवन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख दिपेश केसीले जनताको अर्थपूर्ण सहभागिताबाट मात्र वनको दिगो विकास सम्भव रहेको बताए ।

प्राकृतिक स्रोत व्यवस्थापनका लागि जनताको सक्रिय सहभागिता अनिवार्य हुने उनको भनाई छ । यस्तै शारदा नगरपालिका वडा नं. २ का वडाध्यक्ष केशव सिहं श्रेष्ठले मानव जातिको अस्तित्व वनसँग जोडिएको बताए ।

वनको सहि व्यवस्थापन हुन नसकेको र त्यसको प्रत्यक्ष असर मानवजातीमा पर्ने उनको भनाई छ । सामुदायिक बनको अधिक्तम सदुुपयोग गरिनुपर्ने र समुुदायले लाभ लिन सक्नुपर्नेमा सवैको जोड थियो ।

कार्यक्रमकै बीच पार्कस्थलमा केही बृक्षारोपण समेत गरिएको थियो । तत्पश्चात भएको संक्षिप्त मन्तब्यको कार्यक्रममा पत्रकार दिपक शर्मा, फेकोफनकी केन्द्रिय सदस्य भिमा बुढाथोकी, हिमबन्ती नपालकी केन्द्रिय सदस्य पद्मा शाह लगायतका सरोकारवालाहरुबाट संक्षिप्त भनाई राखिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष सरिता हमालको अध्यक्षतामा  स्थायी कमिटी सदस्य गोविन्द शर्माले कायत्रमको सचालन गरेका थिए भने स्वागत मन्तव्य स्थानीय महासंघ अन्तर्गत शारदा नगरपालिकाका अध्यक्ष डम्बरसिंह तिरुवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<