सरकारी ऋण १० खर्बभन्दा माथि पुग्यो, जान्नुहोस् कुन देशसँग ऋण कति ?

साउन २४ गते, २०७६

काठमाडौं । सरकारले लिएको ऋण १० खर्बभन्दा माथि पुगेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र०७६ को अन्त्यसम्म सरकारी ऋण १० खर्ब ४१ अर्ब रहेको उल्लेख छ ।

सरकारी ऋणमध्ये अन्तराष्ट्रिय समुदायसँग लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा आ।व। २०७५र०७६ सरकारी ऋण झण्डै १४ प्रतिशतले बढेको छ । अघिल्लो आ।व। अर्थात् २०७४र०७५ मा सरकारको ऋण ९ खर्ब १६ अर्ब ५१ करोड रहेको थियो ।

यस वर्ष मात्रै सरकारले विभिन्न निकायबाट १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । जसमध्ये ६३ अर्ब ८ करोड बाह्य दाताबाट र ६२ अर्ब ६ करोड आन्तरिक ऋण रहेको उल्लेख छ ।

विश्व बैंक र एसियाली विकास बैंकबाट मात्रै ५ खर्ब ऋण
सरकारले विभिन्न देशभन्दा दातृ संस्थाहरुबाट बढि ऋण लिएको छ । सरकारले विश्व बैंक र एसियाली विकास बैंकबाट सबैभन्दा बढि ऋण लिएको छ । यी दुई बैंकबाट मात्रै सरकारले ५ खर्बभन्दा माथिको ऋण लिएको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यससँगै सरकारले इन्टरनेशनल फण्ड फर एग्रीकल्च डेभलपमेन्ट, युरोपियन इन्भेष्टमेन्ट बैंक जस्ता निकायबाट पनि ऋण लिएको छ ।

सबैभन्दा बढि ऋण जापानको
सरकारले विभिन्न मितिमा जापानसँग लिएको ऋण २८ अर्बभन्दा माथि पुगेको छ । चीन, भारत र कोरियाले पनि अर्बभन्दा माथि ऋण लगानी गरेका छन् । सरकारले साउदी अरब, बेल्जियम, कुवेत, फ्रान्स र अस्ट्रियाजस्ता देशसँग पनि ऋण लिएको छ ।

प्रतिक्रिया दिनुहोस

<