कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित

सुर्खेत, २५ असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले विनियोजन विधेयक(बजेट)(२०७७ सर्वसम्मत पारित गरेको हो ।

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा बजेट पेश गरेका थिए । आगामी वर्षका लागि सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको छ ।

सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफुलाइ गौरवको अनुभूति भएको बताउनुभयो ।
बजेट निर्माणदेखी पारित गर्दासम्म सहयोग, सहजिकरण र मार्गदर्शन गर्नु हुने माननीय मुख्य मन्त्री, सभामुख , प्रमुख प्रतिपक्षी दलका नेता, मन्त्री लायतका सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको छ ।

उहाँले बजेट कार्यान्वयनमा पनि यसरी नै सबै पक्षको समन्वय र सहयोग रहने बिश्वास सहित कर्णालीका जनताको खुशी र कर्णालीको समृद्धि अभियानमा एकताबद्ध भएर अघि बढ्न सबैसँग हार्दिक अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

<